अन्तर्राष्ट्रिय

कोरोना कहरः साढे ८ लाख संक्रमित, ४२ हजारको मृत्यु कुन देशमा कति



एजेन्सी, १९ चैत ।  विश्व भर महमारीको रुप लिएको  कोरोना भाइरस (कोभिड–१९) अझ तीव्र रूपमा फैलिएको छ । एकै दिन करिब ७२ हजार नयाँ संक्रमित थपिएका छन् । यससँगै भाइरस संक्रमित संख्या ८ लाख ५५ हजार ७ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकमा भने यो संख्या ७ लाख ५४ हजार ९४८ उल्लेख छ ।  

        यसैगरी भाइरस संक्रमणबाट मर्नेको संख्या ४२ हजार ३२ पुगेको छ । गत २४ घण्टाभित्र थप ४ हजार ३१६ को मृत्यु भएको हो। मृत्यु हुनेमा सबभन्दा बढी इटालीमा ८३७ रहेका छन् भने स्पेनमा ७४८ को ज्यान गएको छ। त्यस्तै अमेरिकामा एकै दिन ७०९ को मृत्यु भएको छ । चीनमा कोरोनाका नयाँ संक्रमण भेटिएको छैन। साथै कुनै पनि संक्रमितको गत २४ घण्टाभित्र  मृत्यु भएको छैन ।

कुन देशमा कति संकमित, मृत्यु र निको भए

अमेरिकामा संक्रमित १,८६,२६५ र मृत्यु ३,८५७ त्यस्तै निको भएका ६,९६३ छन् । इटालीमा  संक्रमित  १,०५,७९२ र मृत्यु १२,४२८ त्यस्तै  निको भएका १५,७२९छन् । स्पेनमा संक्रमित ९५,९२३ र  मृत्यु ८,४६४ त्यस्तै निको भएका  १९,२५९ छन् । चीनमा संक्रमित ८२,२७८ र  मृत्यु ३,३०९ त्यस्तै  निको ७६,२०६ भएका छन् । जर्मनीमा संक्रमित ७१,६९० र  मृत्यु ७७४ त्यस्तै निको १६,१०० भएका छन् ।  फ्रान्स संक्रमित ५२,८२७ र मृत्यु ३,५३२ त्यस्तै निको ९,५१३ भएका छन् । इरान संक्रमित ४४,६०५ र मृत्यु २,८९८ त्यस्तै निको १४,६५६ भएका छन् । बेलायत संक्रमित २५,४७९ र मृत्यु १,७९३ त्यस्तै निको १७९ भएका छन् । स्वीजरल्यान्ड संक्रमित १६,६०५र  मृत्यु ४३३ निको १,८२३ भएका छन् । टर्की संक्रमित १३,५३१ र मृत्यु २१४ निको २४३ भएका छन् । बेल्जियम संक्रमित १२,७७५ र मृत्यु ७०५ निको १,६९६ भएका छन् । नेदरल्याण्डसंक्रमित १२,६६७ र मृत्यु १,०४० निको २५३ भएका छन् । अष्ट्रेलिया संक्रमित १०,१८० र मृत्यु १२८ त्यस्तै निको १,०९५ भएका छन् । दक्षिण कोरिया संक्रमित ९,७८६ र मृत्यु १६२ त्यस्तै निको ५,४०८ भएका छन् । भारत संक्रमित १,३९७ र  मृत्यु ३५ त्यस्तै निको १२३ भएका छन् ।  नेपाल संक्रमित ५ मृत्यु कसैको पनि भएको छैन भने १ जना निको भएका छन् । (स्रोतः जोन्स हप्किन्स विश्वविद्यालय)

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६