बुटवल
प्रदेश नं. ५ को मन्त्री परिषदको वैठक वसी कृषी प्रयोजनमा प्रयोग हुने उपकरण संचालन हुन पाउने भएका छन । मंगलवार वसेको वैठकले खेती स्याहार्ने समय भएकोले कृषकलाई सुविधाको लागी उपकरण चल्न दिने निर्णय भएको वताईएको छ । अव थ्रेसर कम्वाईन लगायतका उपकरणहरु कृषकले अनुमती लिएर चलाउन पाउने छन ।
नगरपालिकाको लागी अनुमती लिन नगर प्रमुख वा प्रमुख प्रशासकिय अधिकृतले दिन सक्ने व्यवस्था गरीएको छ । यसै जिल्ला भित्रको लागी जिल्ला प्रशासन कार्यालय वाट अनुमती लिएर उपकरण चलाउन सक्ने व्यवस्था गरीएको छ ।
प्रदेश सरकारको निर्णय आए पछी आफुहरु खुसी भएको वाणगंगा नगरपालिकाका कृषक ईन्द्रेश चौधरीले वताउनु भयो । कृषकहरुको लागी सुखद कुरा हो गहु काट्ने वेला भएको छ । यहीवेला उपकरण प्रयोग गर्न पाईने भए पछी कृषकलाई सजिलो भएको छ चौधरीले वताउनु भयो ।
१९ चैत्र २०७६, बुधबार
प्रतिक्रिया