लुम्बिनी

गैसस पनि स्थानीय सरकारसंग हातेमालो गरेर कोरोना प्रकरणमा भिड्दै,सिद्धार्थको १ लाख नगरलाई हस्तान्तरण



कपिलवस्तु १९ चैत्र  कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि अहिले जिल्लामा रहेका गैरसरकारी संस्थाहरु पनि चासो देखाएर काम गरिरहेका छन् । स्थानीय तह संग सहकार्य तथा समन्वय गरि स्थानीय तथा अन्तराष्ट्रीय गैरसरकारी संस्थाहरुले काम गरिरहेको सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले वताउनु भयो । जिल्लाका १० वटै स्थानीय तहमा जिल्लामा रहेका संघ संस्थाहरुले सहकार्य तथा समन्वय गरि काम गरिरहेको उहाँले वताउनु भयो । विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिम आउन नदिनसमस्या समाधानका लागि केन्द्रित भएको र भाइरस भित्री हालेमा त्यसले निम्त्याउन सक्ने खतरालाई ध्यान दिँदै स्थानीय पालिकाहरू संग समन्वय गरि उपलब्ध साधन स्रोतका आधारमा आफ्नो ढङ्गले गैससहरु रोकथाम केन्द्रित भएका हुन् ।

    विपद व्यवस्थापन कोषमा सहयोग, चनचेतनामुकल कार्यक्रम संचालन तथा कोरोना रोकथाममाका लागि काम भईरहेको गैससको भनाई रहेको छ । यता कपिलवस्तुको वाणगंगा नगरपालीकाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र राहतका लागि एकद्धार प्राणालीवाट मात्र वितरण गर्ने निर्णय गरे अनुसार कोषमा रकम सहित समाग्री उपलव्ध हुने क्रम दिन दिनै वढेको छ । अहिले विभिन्न सरोकारवाला क्षेत्रवाट सहयोग गर्न शुरु भएको हो । यसैक्रममा सोहि क्रममा वाणगंगा नगरले स्थापना गरेको विपद व्यवस्थापन कोषमा सिद्धार्थ सामाजिक विकास केन्द्रले १ लाख वरावरको सहयोग गरेको छ । विपदका बेला नियमित रुपमा अघि वढेको संस्थाले नगरमा स्थापना भएका क्वारेन्टाईमा २५ सैया निर्माणका लागि १ लाख सहयोग उपलव्ध गाएको संस्थाका अध्यक्ष तेजप्रसाद आचार्यले वताउनु भयो । संस्थाले नगरका लागि चाडैनै विशेष प्याकेज सहितको कार्यक्रम ल्याउने तयारी गरेको छ 

        यसैविच  कपिलवस्तुको तौलीहवामा रहेको कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रले कपिलवस्तु र रुपन्देहिमा स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । जिल्लाका १० वटा स्थानीय तह र रुपन्देहीको ४ वटा स्थानीय तहमा प्रशासनको समन्व्यमा सामग्री हस्तान्तरण गरेको कार्यकारी निर्देशक अर्जुन थापा मगरले जानकारी दिनु भयो । स्थानीय तहको मागका आधारमा आधारमा हेल्प डेस्कमा प्रयोग हुने समाग्री सेनिटाइजर लगाएतका समाग्रीहरु उपलव्ध गराईएको हो । 

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६