अन्तर्राष्ट्रिय

कोरोना कहरः एकै दिन ५ हजारको मृत्यु, अमेरिकामा मास्क पाइन छाड्यो वरिष्ठ वैज्ञानिक पनि रहिनन्



 एजेन्सी, २० चैत ।  विश्वभर महामारीको रुप कोरोना भाइरस अर्थात् कोभिड १९ संक्रमणबाट एकै दिनमा झण्डै ५ हजार जनाको मृत्यु भएको छ ।  विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित फेला परेका छन् । एजेन्सीहरुका अनुसार अमेरिकामा विगत २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यहाँ २६ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

        योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ भने संक्रमितको संख्या २ लाख १४ हजार पुगेको छ । अमेरिकामा मास्कको अभाव भएपछि घरबाहिर निस्किनुपर्ने मानिसले कपडाकै मास्क भए पनि लगाउनु पर्ने छलफल सुरु भएको छ ।  विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ३० हजार भन्दा बढी पुगेको छ । जसमध्ये झण्डै २ लाख मानिस उपचारपछि निको भएका छन् भने मृत्यु हुनेको संख्या झण्डै ४७ हजार पुगेको छ ।

        कोरोना भाइरसको संक्रमणबाट दक्षिण अफ्रिकाकी एक एचआईभी वैज्ञानिकको मृत्यु भएको छ । एचआईभीको उपचार र औषधि पत्ता लगाउने कार्यमा लामो समयसम्म काम गरेकी वरिष्ठ वैज्ञानिक गीता रामजीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६