अन्तर्राष्ट्रिय

अमेरिकामा छैन ‘लकडाउन’, २ लाख बढी संकमित ४७ सय बढीको मृत्यु



एजेन्सी, २० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना (कोभिड–१९) संक्रमण थप फैलन नदिन लकडाउन गर्नेबारे आफूले केही नसोचेको र अमेरिकामा लकडाउन नभएको बताएका छन् ।  बुधरबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अहिले नै देशभित्र चलिरहेका रेल र आन्तरिक उडान रोक्नेबारे पनि कुनै विचार नगरेको धारणा राखेका हुन् ।  ट्रम्पले एउटै मास्क २० पटकसम्म प्रयोग गर्न भनेका छन् ।  गत मंगलबार त उनले मास्क नहुनेहरुलाई कपडाले मुख छोप्न आग्रह गरेका थिए । 

        जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार अमेरिकाभर हालसम्म २,१३,३७२ वटा कोरोना संक्रमणका मामिला भेटिएका छन् । अहिलेसम्म ४,७५७ जनाको मृत्यु भएको छ । अन्य भूभागको तुलनामा न्युर्योकमा सबैभन्दा धेरै मानिसमा संक्रमण भेटिएको त्यहाँका गभर्नर एन्ड्रयु कुओमोले जानकारी दिएका छन्। अन्य राज्यहरुमा पनि भयानक स्थिति आउन सक्ने चेतावनी दिइएको छ ।

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६