अन्तर्राष्ट्रिय

आफ्नै सन्तानको नाम कोरोना र भाइरस किन राखिन आमाले ?



एजेन्सी, २१ चैत । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला कोरोनाको कहर बन्दै गएको छ ।  यस्तैमा मेक्सिकोकी एक महिलाले आफ्नो सन्तानको नाम कोरोना भाइरस राखेकी छन् । अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित गर्भवति महिलाले शिशुको नाम के राख्ने भन्ने बिषयमा योजना नबनाएकाले उनलाई चिकित्सकले मजाकका रुपमा कोरोना र भाइरस नाम राख्न भनेका थिए । उनले यसलाई स्वीकार्दै साँच्चैको नाम कोरोना भाइरस राखेको बताइएको  छ । 

        करिब ३४ वर्षे एनामारिया जोस राफेल गोंजालेजले आफ्नो जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखेकी हुन् । आफु कोरोना संक्रमित भएपछि शिशुको नाम पनि कोरोना भाइरस राखेको उनले बताइन । मेक्सिकोको बेसिक ला विला अस्पतालमा राफेलले जुम्लाहा शिशुलाई जन्म दिएकी थिइन् । डाक्टरले भनेपछि आफुलाई त्यहि नाम मन परेकोले जुम्लाहा सन्तानको नाम कोरोना भाइरस नै राखेको राफेलले बताइन् । अब दुई शिशु मध्ये छोरीको नाम कोरोना जोस मिगुएल गोंजालेज र छोराको नाम भाइरस जोस मिगुएल गोंजालेज छ । उनका जुम्लेहा सन्तानसहित सार्वजनिक गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६