एजेन्सी, २१ चैत । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला कोरोनाको कहर बन्दै गएको छ । यस्तैमा मेक्सिकोकी एक महिलाले आफ्नो सन्तानको नाम कोरोना भाइरस राखेकी छन् । अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित गर्भवति महिलाले शिशुको नाम के राख्ने भन्ने बिषयमा योजना नबनाएकाले उनलाई चिकित्सकले मजाकका रुपमा कोरोना र भाइरस नाम राख्न भनेका थिए । उनले यसलाई स्वीकार्दै साँच्चैको नाम कोरोना भाइरस राखेको बताइएको छ ।
करिब ३४ वर्षे एनामारिया जोस राफेल गोंजालेजले आफ्नो जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखेकी हुन् । आफु कोरोना संक्रमित भएपछि शिशुको नाम पनि कोरोना भाइरस राखेको उनले बताइन । मेक्सिकोको बेसिक ला विला अस्पतालमा राफेलले जुम्लाहा शिशुलाई जन्म दिएकी थिइन् । डाक्टरले भनेपछि आफुलाई त्यहि नाम मन परेकोले जुम्लाहा सन्तानको नाम कोरोना भाइरस नै राखेको राफेलले बताइन् । अब दुई शिशु मध्ये छोरीको नाम कोरोना जोस मिगुएल गोंजालेज र छोराको नाम भाइरस जोस मिगुएल गोंजालेज छ । उनका जुम्लेहा सन्तानसहित सार्वजनिक गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।
प्रतिक्रिया