ब्रेकिंग न्युज

कपिलवस्तुका ९ पालिकामा ५ करोडबढीको राहत कोष स्थापना,यशोधराको गैर जिम्मेवारपन छर्लङ्ग



कपिलवस्तु २३ चैत्र । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण विपन्न तथा मजदूरहरूलाई समस्या परेपछि अहिले स्थानीय तहले बिपद कोष खडा गरेर वा पहिले देखि रहेको कोषलाई प्रयोग गर्नेगरी राहत सामाग्री वितरणको प्रबन्ध मिलाउएकाछन् । सरकारले गरेको लक डाउनले रोजीरोटी गुमेका विपन्न परिवार, ज्याला मजदूरी गर्ने श्रमिक, तथा असक्त असायका लागि कपिलवस्तुका ९ स्थानीय तहले राहत स्वरुप समाग्री उपलव्ध गराउन कोष खडा गरेका छन् । यस्तो कोषमा सवा ५ करोड बढी ब्यवस्था  गरिएकोछ भने मजदुरको लगत संकलन भई रहेको छ । 

        अहिले सम्म कपिलवस्तुमा ९ वटा पालिकाले विपद राहत कोष स्थापना गरेका छन् ।जस अनुसार सबैभन्दा ठूलो कोष विजयनगरले स्थापना गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत गोविन्द भटराइका अनुसार १ करोडको राहत कोष स्थापना भएको छ । विजयनगरले राहत दिने मजदुरको विवरण पनि टुंगो लगाएको छ । त्यहा ८७४ जना दैनिक काम गरेर खाने मजदुरहरु रहेको विवरण आएको अध्यक्ष गोपाल वहादुर थापाले वताउनु भयो । 

        यस्तै ठूलो राहत कोष स्थापना गर्ने पालिकामा  जिल्लाको  कपिलवस्तु नगरपालिका पनि पहिलो मै परेको छ । मेयर किरण सिंहले १ करोडको विपद ब्यवस्थापन कोष खडा भएको वताउनु भयो । उहाले रातह दिने मजदुरहरुको संख्या हरेक वडावाट आएको वताउनु भयो । सामान खरिद गरेर २५/२६ चैत्र भित्रै वितरण गर्ने  मेयर सिंहको भनाईछ । सरकारको निर्देशन अनुसार नगर समन्वय समिती  मेयरकै संयोजकत्वमा गठन भएको वताउनु भयो । 

            दोश्रो ठूलो राहत कोष खडागर्ने बुद्धुभुमी नगरपालिका रहेको छ । नगर कार्यपालिकाको बैठकले ७५ लाखको बिपद ब्यबस्थापन कोष खडा गरेको हो । नगर भित्र भेटिएका कोराना संक्रमितलाई उपचार ,विपन्न मजदुरलाई राहत र क्वारेन्टाईन बसेकाहरुलाई खान बस्ने लगायतका सुबिधाका लागि यो कोष खर्च हुनेछ ।  विपन्नको रोजीरोटी ,कोरोना संक्रमित र उसको परिवारलाई उपचार खाना, गाडी लगायतका खर्चलाई मध्य नजगर गर्दै यस्तो निर्णय गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले वताउनु भयो । विपन्न परिवार संख्या अहिले सम्म एकिन भएको छैन । संकलनको अन्तिम चरणमा पुगेको छ । 

        यसैविच कपिलवस्तुको  कृष्णनगर नगरपालिकाले ७२ लाखको विपत कोष खडा गरेको छ । मेयर रजत प्रताप शाहका अनुसार २५ सय परिवारलाई राहत वितरण गर्ने गरी तयारी भएको छ । उपप्रमुख शवनम खातुनको संयोजकत्वमा कोष संचालन हुनेछ । यता शिवराज नगरपालिकाले ६३ लाखको नगरस्तरीय प्रकोप व्यवस्थापन कोष खडा गरेको छ । नगरपालिकाको कार्य पालिका बैठकले पीडीतलाई राहत प्रदान गर्न कोष खडा गरेको हो ।

          नगर प्रमुख नेत्रराज अधिकारीले बिपदमा परकोहरुलाई राहत प्रदान गर्न कोष खडा गरिएको वताउनु भयो । यस अघि नगरपालिकामा रहेको बिपद ब्यवस्थान कोषमा रहेको १० लाख र नगरपालिकामा अन्य शीर्षकमा रहको बजेटलाई कोषामा जम्मा गरेर ६३ लाखको कोष खडा गरिएको उहाँले वताउनु भयो । नगरको ११ वडामा ३६ सय बिपन्न पविारको लगत सकलन भएको छ । त्यस मध्ये १६ सय जनालाई पहिलो चरणमा राहत प्रदान गनिरे भएको छ । राहत बितरणकालागि नगर उप प्रमुख शिव कुमारी थारुको संयोजकत्वमा ७ सदस्यीय समिति मसेत निर्माण गरिएको छ । कोषमा हाल सम्म ६३ लाख ८८ हजार ५ सय जम्मा भएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताउनु भयो । 

    त्यस्तै महाराजगंज नगरपालिकाले ५५ लाखको राहत कोष खडा गरेकोछ । सोहि कोष मार्फत नगरले वितरण शुरु गर्ने नगर प्रमुख अव्दुल कलामले वताउनु भयो । नगरले २ हजार २ सय लाई  राहत वितरण गर्ने गरि लगत संकलन कार्य शुरु गरेको छ । प्रत्येक वडाबाट २ सय गरिब मजदुरको लागत संकलन गरि ११ वटै वडामा राहत दिने कार्यको योजना वनाएको नगरले जनाएको छ ।

        उपमेयर सुभावती  कुर्मीेको संयोजकत्वमा समिति बनेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकाले पहिले देखि विपद ब्यवस्थापन कोषमा रहेको १९ लाखवाट काम अधि बढाएको छ आवश्यकतानुसार निर्णय गरेर यो कोषमा १ करोड सम्म पुराइने तर प्रारम्भीक चरणमा पुरानै कोषको रकम खर्च गर्ने उपमेयर एवम कोषका संयोजक चक्रपाणी अर्यालले वताउनु भयो । मायादेवि गाउपालिकाले ४० लाखको कोष खडा गरेर राहत वितरण समेत शुरु गरेको अध्यक्ष बजरंगी प्रसाद कुर्मीले वताउनु भयो । उहाले कोष आवश्यक्तानुसा बढाइने औल्याउनु भयो । प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले सामान खरिद पारदर्शी प्रकृयावाट हुदै आएको तर्क गर्नु भयो । 

        शुद्धोधनले पनि १० लाख रकम राखेर कोरोना संक्रमण नियन्त्रण कोष खडा गरेको छ । यो कोष सानो छ आवश्यक्तानुसार कार्यपालिकाले निर्णय गरेर विस्तार गर्न अध्यक्ष निसार अहमद खाँले भन्नु भयो । यता सबै पालिकाले कोष खडा गरेर मजदुरको जीवन रक्षाकालागि लागि रहेका वखत कपिलवस्तुका यशोधरा गाउपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेले भने कोषको विषयमा बुझन् खोज्दा संघिय र प्रदेश सरकरलाई अपशब्दमा गाली गलौज गरेका छन् ।

        उनले भनेका छन् म कुनैपनि कोष बनाउदिन  यो काम मेरो होइन संघिय र प्रदेश सरकारको  काम हो भन्दै अभद्र शैलीमा माथिल्ला सरकार विरुद्ध प्रस्तुत भएका छन् । स्वयममा जमिन्दारका छोरा र त्यस्तै शैलीका अध्यक्ष पाण्डेले राहत दिन मनलागे दिन्छु के को कोष  खडा गर्ने भन्ने गैर जिम्मेवारपन देखाएका छन् । कोष खडा गर्ने, निर्णय गरेर खर्च गर्ने भन्दा ब्यक्तिगत ढुकुटी जस्तै बनाएर जथाभावि खर्च गर्ने पाण्डेको सोच रहेको स्थानीयले वताएका छन् ।

         उनी यस अघि पनि  पटक पटक विवादमा परेका  ब्यक्ति हुन् । लेखा अधिकृतको कार्यकक्षमा तालावन्दी गर्ने निर्णय कार्यपालिकावाट गराएर, तालाबन्दी गरेर महिनौ सम्म सेवाग्राहीलाई समस्यामा पारेर जनविरोधी रुपमा चित्रित भै सेकेका छन् । अध्यक्ष पाण्डे विपदका बेला पनि जथाभावि खर्च गर्ने,सरकारको निर्देशन पालना नगर्ने र कोषवाट ब्यापक  अनियमितता गर्ने मनसायका साथ प्रस्तुत भएका छन् । उनले बोलेको अप शब्द सहितको अडियो सन्देश अर्काे समाचार मर्फत सार्वजनिक गरिने छ । 


प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६