ब्रेकिंग न्युज

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते



वालिङ (स्याङ्जा), ८ भदौः

गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो । जिपमा सवार अन्य १७ जना घाईते भएका छन् । ती मध्ये २७ वर्षीया वसन्ती विश्वकर्मा तथा ४८ वर्षीया देवी विकको अवस्था गम्भीर छ । उनीहरुलाई पाल्पास्थित युनाईटेड मिशन अस्पताल पठाइएको छ । सामान्य घाइते भएका पाँच जना घर फर्केका छन् । अन्यको गल्याङ नगर अस्पतालमा उपचार जारी छ । –––

प्रकाशित : ८ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६