लुम्बिनी

कोरोनाको बारे जानकारी पाउन ५ नंं प्रदेशमा मोबाइल एप सञ्चालन यसरी हुन्छ डाउनलोड



रूपन्देही, २४ चैत । कोभिड–१९ का आधिकारिक सूचना अब एकै ठाउँबाट जानकारी लिन सकिनेछ । यसका लागि प्रदेश नं. ५ ले मोबाइल एप्स शुरु गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।  

        कार्यालयका अनुसार ‘कोभिड– १९ ट्र्याकिङ इन्फर्मेशन सिस्टम’ नाम दिएको सो एप इन्ड्रोइड फोनको प्लेस्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध हुनेछ । यो cm.p5.gov.np बाट पनि डाउनलोड हुने कार्यालयले जनाएको छ । यो एपले कोरोना सङ्क्रमणको लक्षण देखिएका शङ्कास्पद बिरामीको विवरण र लोकेसन सङ्कलन गर्नेछ । जसले गर्दा बिरामी पहिचान गरी नमूना परीक्षण गर्न सहज हुने मुख्यमन्त्रीको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

        विज्ञप्तिमा भनिएको छ, “विदेशबाट आएर क्वारेन्टाइनमा नबस्ने र टोल छिमेकमा कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएका व्यक्तिको विवरण अन्य व्यक्तिले पनि एपमार्फत टिपाउन सक्नेछन् । जसले गर्दा उनीहरूलाई निगरानी गर्न सहयोग पुग्नेछ ।” परिवार र टोल छिमेकका कसैमा कोरोना भाइरससम्बन्धी लक्षण देखिए एपमार्फत जानकारी गराउन पनि प्रदेश सरकारले आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।  त्यसरी पठाइने विवरण गोप्य रहने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनुभयो । एपमार्फत कोरोनासँग सम्बन्धित राष्ट्रिय र अन्तरराष्ट्रिय सूचनासमेत प्राप्त गर्न सकिनेछ । (रासस)

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६