लुम्बिनी

छैन चहलपहल, सुनसान लुम्बिनी



भैरहवा, २४ चैत । पर्यटकको मुख्य आर्कषणको केन्द्र मानिने लुम्बिनीमा लकडाउनपछि पर्यटकको चहलपल शून्यप्रायः भएको छ । यहाँका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति स्तूपा, सेन्टर क्यानल, ग्रेट लोटस स्तुपा विभिन्न देशका नामका स्तुपालगायत क्षेत्रहरू अहिले सुनसान भएको लुम्बिनी बिकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिनुभयो । सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म १५ लाख ५८ हजार पर्यटकको आगमन भएको लुम्बिनीमा यो सिजनमा लगभग १ लाख भन्दा बढी पर्यटक आउने गरिएको थियो । पर्यटकीय चहलप नभएपनि यस क्षेत्रमा आश्रित परिवारको दैनिकी कठिन भएको छ ।

        पर्यटनसँग जोडिएर १२० होटल, ३० ट्राभल, १६० रिक्सा र १९० हेन्डिक्राफ्टका पसलहरू लुम्बिनी क्षेत्रमा चल्दै आएकामा ती प्रभावित भएको लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष मिथुन कुमार श्रेष्ठले बताउनुभयो । गुम्बाहरूमा बस्ने बुद्ध धर्म गुरुहरूले भने विश्वशान्तिका कामनासहित कोरोना भाइरसको त्रासको अन्त्यका लागि दैनिक पूजा पाठ र ध्यान गरिरहेको स्थनीय पत्रकार प्रल्हाद यादवले बताउनुभयो । सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी अहिले संसारभरका बुद्धधर्मालम्बीको आस्थाको केन्द्र बनेको छ । 

        लुम्बिनीसँग जोडिएका बुद्धको शाक्यवंश ऐतिहासिक दरबार तिलौराकोट, कपिलवस्तु, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, बुद्धको अस्तुधातु रहेको रामग्राम, बुद्धको मावली देवदह, क्रकुन्छन्ट बुद्धको जन्मस्थल गोटिहवामा कुनै चहलपहल छैन । सन् १९७८ मा जापानी वास्तुविद् प्रा केञ्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजनासँगै यहाँको विकास भइरहेको छ ।   (रासस)

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६