अन्तर्राष्ट्रिय

विश्वभर ८८ हजार बढीको मृत्यु, १५ लाख बढी संक्रमित र अमेरिकामा एकै दिन १९ सय बढीले ज्यान गुमाए



 एजेन्सी, २७ चैत । विश्वभर कोरोनाको कहर रोकिएको छैन संकमित र मृतकहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।  विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ ।  बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् । अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय २६ मानिसले ज्यान गुमाएका छन । २४ घण्टामा अमेरिकामा १८ सय ९७ को मृत्यु भएको हो। त्यहाँ थप २९ हजार ९ सय ३६ नयाँ बिरामी फेला परेका छन् । 

        अमेरिकामा संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ पुगेको छ ।   अमेरिका पछि स्पेनमा मृततको संख्या बढेको छ । स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ भने विगत २४ घण्टामा ७ सय ४७ जनाले ज्यान गुमाएका छन् । स्पेनमा संक्रमितको संख्या १ लाख ४८ हजार बढी पुगेको छ ।  

        इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या भने इटालीमा अत्याधिक  छ । इटलीमा १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन् । २६ हजार ४ सय ९१ जना उपचारपछि निको  भइसकेका छन् फ्रान्समा पनि कोरोना संक्रमितको संख्या १ लाख पार गरेको छ । फ्रान्समा १ लाख १३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमित भइसकेका छन् । फ्रान्समा १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्  । त्यस्तै २१ हजार उपचारपछि निको भएका छन् । जर्मनीमा संक्रमितको संख्या १ लाख पार गरेको  छ । त्यहाँ १ लाख १३ हजार २ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा यो उल्लेख छ  ।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६