कपिलवस्तु २९ चैत्र । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले मायादेवि अनलाइले प्रकाशन गरेको समाचार प्रति गंभिर असहमति प्रकट गरेको छ । एकोरावको बदनाम गराउन पाण्डे र पोख्रेललाई कारवाही गर्न चन्द्रकान्त न्यौपानेको माग शिर्षकको समाचार प्रति महासंघले असहमति प्रकट गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डे र महासंघ सदस्य गणेश पोख्रेल विरुद्ध एक व्यक्तिको स्वघोषित आरोपलाई अतिरंजित रुपमा ठूलो बनाएर प्रकाशन प्रशारण गर्नु पत्रकारको मर्यादा र आचरण विपरित भएको महासंघको ठहर छ ।
कोरोना महामारीको बेला सबै संचारमाध्यम तथा संचारकर्मी एक भई समुदायमा सुरक्षा र सर्तकता सम्बन्धी सन्देश प्रशारण प्रकाशन गर्नुपर्नेमा व्यक्तिगत कुण्ठा राखेर लेखिएका समाचारहरुबाट भविष्यमा सो संचार गृह र समाचार लेख्ने पक्षलाई हुन सक्ने कानुनी समस्या प्रति महासंघ जिम्मेवार नहुने स्पष्ट पारेको छ । जस्तो सुकै अवस्थामा पनि पत्रकार आचार संहिता पालना गर्न जिल्लाका सबै संचार माध्यमलाई आग्रह गर्दछौ विज्ञप्तीमा भनिएको छ । साथै पत्रकार महासंघका पूर्व अध्यक्ष पाण्डे जिल्लाका सामुदायिक रेडियोहरुले चैत २७ गतेको बैठकमा उपस्थित नभएको र एकोरावका कपिलवस्तु संयोजक चन्द्रकान्त न्यौपाने विरुद्ध एकोराबलाई बुझाएको ज्ञापन पत्रमा कुनै हस्ताक्षर वा संलग्नता नदेखिएको हुदा उहाको ब्यक्ति गत चरित्र हत्या गर्ने मनसायले लेखिएको समाचार तत्काल सच्याउन आग्रह गर्दछौ अध्यक्ष डिलाराम भुसालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस अघि एकोरावका सदस्य ८ रेडियो मध्ये ७ रेडियोको भेलाले संयोजक चन्द्रकान्त न्यौपानेको भूमिका सामुदायिक रेडियोको हित विरुद्ध रहेको ,कार्यसमितको बैठक पटकपटक राख्न माग गर्दा पनि ३ महिनामा पनि नराखेर स्वेच्छाचारी ढंगले एकल निर्णयका आधारमा चलेको भन्दै कारवाही गरेर संयोजक न्यौपानेलाई हटाउन एकोरावको प्रदेश र केन्द्र समक्ष माग गरेका थिए । यसै बीच एकोरावका केन्द्रिय अध्यक्ष सुवास खतिवडाले कपिलवस्तुको पछिल्लो अवस्थावारे आज जिल्लाका महत्वपूर्ण संचारगृहमा फोन गरेर जानकारी लिनु भएको छ ।
उहाले सबै सदस्य रेडियोको भावना एकोरावले बुझेर उचित निकास निकाल्ने वारेमा स्पष्ट पार्नु भएको छ । यता पत्रकार भेषराज पाण्डेले मुलुकी ऐन २०७४ अनुसार निराधार आरोप लगाएको र आफ्नो तस्वीर विना अनुमति फेसबुकवाट कपि गरेर अनलाइनमा राखेको भन्दै मायादेवि अनलाइनका प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेलाई कडा कारवाही गर्न र उहावाट आवश्यक क्षेतिपूर्ति भराउन माग गर्दै निबेदन दिएको पाण्डेले वताउनु भएको छ ।
प्रतिक्रिया