अन्तर्राष्ट्रिय

कोरोना कहरः मृतकको संख्या १ लाख ८ हजार नाघ्यो अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार बढी



एजेन्सी, ३० चैत । विश्वभर कोराना भाइरसले मृत्यु हुनेहरुको संख्या र संकमितहरुको संख्या बढ्दै गइरहेको  छ ।  वल्डोमिटरका अनुसार कोरोना भाइरसको संक्रमणबाट १ लाख ८ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ । यो सँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७९ हजार पुगेको छ त्यस्तै, ४ लाख २ हजार ६ सय ५९ जना उपचारपछि निको भएका छन्।

        त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।  अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ। त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन् । अमेरिकामा  शनिबार १८ सय ३० जनाको ज्यान गएको छ। अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ । बेलायतमा ९ सय १७ पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ हवार आठ सय पुगेको छ । अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३९ हजार ८ सय ७९ छ ।  पछिल्लो समय कोरोना संक्रमण अमेरिकामा व्यापक देखिएको छ ।

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६