प्रदेश

नेपालमा लकडाउन थप गर्ने विषयमा आज छलफल हुदैँ



बुटवल  २ बैशाख । अहिले नेपालमा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ। विगत केही दिन देखि नेपालमा कोरोना सङ्क्रमित बढिरहेको पाइएको छ। यसै क्रममा कोरोना सङ्क्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउन फेरि थप्ने विषयमा आज छलफल हुने बताइएको छ। तीन हप्ता देखि लकडाउनमा रहेको नेपालमा फेरि कति दिन थप्ने भनेर मंगलबार आज बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुने बताइएको छ।नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कम्तीमा ७ देखि १० दिन थप हुन सक्ने प्रधानमन्त्री निकटले जानकारी गराएको छ। आज मंगलबार ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन र कोरोना सङ्क्रमण कसरी रोक्ने भन्ने बारे निर्णय क्षलफल गर्ने भएको छ।

              प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै केही साता नेपालमा कष्टपूर्ण हुन सक्ने बताउनु भएको थियो।प्रदेश सरकारले सीमा नाकामा अझै कडाइ गर्नुपर्ने माग गरेका थिए।नेपालमा कोरोना सङ्क्रमण फैलन नदिन नेपाल सरकारले प्रभाबकारी रूपमा अझै कडाइ गर्ने बताएको छ। कोरोना भाइरस रोक्ने अहिलेको उपाय भनेको लकडाउननै हो, सबै घरमै बस्ने काम नहुँदा पनि बाहिर निस्कँदा आफैलाई मात्र नभई गाउँलाई नै खतरा हुने हुँदा सबैले सामाजिक दूरी कायम गरी घरमै बस्न अनुरोध गरिएको छ।

प्रकाशित : २ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६