ब्रेकिंग न्युज

खुकुरीले हानेर पतिको हत्या



खोटाङ २ बैशाख । खुकुरीले हानेर पतिको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाह्रपोखरी गाउँपालिका(१ खुर्साने बस्ने ५० वर्षीया मेनुका राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।मेनुकाले ५० वर्षीय पति छ कुमार राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । कुमारको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।पत्नीको खुकुरी प्रहारबाट पतीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रपोखरी, ईलाका प्रहरी कार्यालय चिसापानीबाट र ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६