सुदूरपश्चिम

जुम्लामा अब अनलाइनबाटै सवारी सञ्चालन अनुमति पत्र


३ बैशाख २०७७, बुधबार


जुम्ला, ३ वैशाख । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रण कार्य व्यवस्थित  गर्न र आवतजावत तथा अत्यावश्यक सेवा सञ्चालन कार्यलाई व्यवस्थित गर्न लकडाउन अवधिभर जिल्ला प्रशासन कार्यालय जुम्लाले अनलाइन सवारी सञ्चालन अनुमति पत्र ९पास० उपलव्ध गराउने भएको छ । 

        प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार लकडाउन अवधिभर उपलब्ध गराउने सवारी साधन परिचलान अनुमति पत्र ९पास० वितरणको कार्यलाई सरल, सहज र सुव्यवस्थित बनाई कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउन अनलाइनको व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो, “सामाजिक र व्यक्तिगत दूरी कायम गर्न निःशुल्क रूपमा सञ्चालनमा ल्याइएको इ–पास,  epass.moha.gov.np  वेबसाइटमार्फत अनलाइन सवारी पास उपलव्ध गराउने व्यवस्था गरिएको छ ।” 

        नेपाल सरकार सचिवस्तर को गत चैत ३० गतेको निर्णय कार्यन्वयनका लागि गृह मन्त्रालय ९आन्तरिक सवारी तथा सभा समारोह व्यवस्थापन शाखा० को हिजो मङ्गलबारको पत्रानुसार जुम्लामा अनलाइन सवारी पास कार्यन्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालले जनाएको छ । इ–पास प्राप्त गर्नका लागि भउबकक।mयजब।नयख।लउ वेबसाइटमार्फत निवेदन दिनसक्ने व्यवस्था छ ।  यसअघि चैत १९ मा प्रशासनले लकडाउनका बेला सवारीसाधन चलाउन दिँदै आएको अनुमतिपत्र दिन बन्द गरेको थियो । लकडाउन पूर्णरूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले नयाँ पास दिन बन्द गरेको थियो । (रासस)

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे