लुम्बिनी

वुद्धभुमि नगरमा राहत वितरण अन्तिम चरणमा



कपिलवस्तु ३ बैशाख  । कपिलवस्तुको वुद्धभुमी नगरपालिकाले राहत वितरणलाई अन्तिम चरणमा पुर्याएको छ । मंगलवारवाट वितरण शुरु गरेको नगरले नगरभित्रका  २ हजार ८ सय ५१ घर परिवारलाई समाग्री उपलव्ध गराउने छ । १० वटा वडा रहेको नगरमा बुधबार वडा नं १, ३ ,४, ८, ९ मा रहेका विपन्न परिवार, ज्याला मजदूरी गर्ने श्रमिक, असक्त असायका लागि वडा कार्यालयले तयार गरेको लगत अनुसार राहत सामाग्री उपलव्ध गराईएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनु भयो । स्थानीय टोल विकास संस्था, नगरका कर्मचारी, वडाका जन प्रतिनिधि र नगरले निर्माण गरेको सर्वपक्षिय समितीको सहभागीतामा सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको छ । राहत समाग्री पाएपछि स्थानीय नागरिकहरु खुसी भएका छन् । स्थानीयले नगरको कार्य प्रति प्रशंसा समेत व्यक्त गरेका छन् । नगरले सवै वडामा भोली विहिवार सम्ममा वितरण कार्य सम्पन्न गर्ने योजना वनाएको प्रमुख श्रेष्ठको भनाई छ । नगरले मंगलबार वडा नंं २ का २ सय ७७ जनालाई वितरण गरिएको थियो । 

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६