जीवनशैली

रुपन्देहीमा माछामासु पसल खुला ,कपिलवस्तुमा पनि खोल्न नरोकिने



 बुटवल ३ वैशाख  लकडाउनले माछामासु व्यवसाय प्रभावित भएपछि रुपन्देहीमा तरकारी पसल सरह माछामासु पसल खोल्न थालिएको छ । आफ्ना उत्पादन सिधै किसानलाई बेच्न तथा स्वदेशी माछामासुको ग्यारेन्टी गर्ने व्यवसायीलाई बिहान साँझको समयमा पसल खोल्न दिइएको हो । यता कपिलवस्तुको बाणगंगामा भने कुखुरा र खशी बोका बाणगंगा भित्रै भएको प्रमाण पेश गरेर मासु पसल विहानको समयमा ७ देखि१० सम्म अत्याबश्यक पहल सरह नै संचालन गर्न दिने सहमति भएको हो । बाणगंगाको विपद ब्यवस्थापन समितिको बैठकमा यो विषय उठेको थियो । नगरभित्रको खशीबोका र कुखुरा मात्र काट्न पाउने गरि खोल्न दिने अनौपचारिक सहमति भएको छ आधिकारीक निर्णय छैन बाणगंगाका प्रबक्ता बिष्णु पौडेलले जानकारी दिनु भयो ।

        यता रुपन्देहीमा पनि  कुनै नगरपालिकाले औपचारिक निर्णय गरेका छन् भने केहीले आपसी समझदारीमा खोलेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिहान ६ देखि ८ बजेसम्म तथा साँझ ३ देखि ५ बजेसम्म माछामासुका पसल खोल्ने समय दिएको छ । लकडाउनबाट किसानले भोग्नुपरेको समस्या समाधान गर्न बिहान साँझ माछामासुका पसल खोल्ने निर्णय गरेको कृषि शाखा प्रमुख दोमलाल भुसालले बताउनु भयो । 

        नगरपालिकाले यसअघि त्यही समयमा दूधको खरिद—बिक्रीका लागि समय तोकेको थियो । अत्यावश्यक सामान एवं तरकारीको खरिद—बिक्रीको लागि दिउँसो १२ देखि २ बजेको समय तोकिएको छ । बुटवल उपमहानगरले तरकारी, फलफूल, दूध तथा अत्यावश्यक सामाग्री बिक्रीका लागि बिहान ६ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म तोकेको छ । व्यवसायीहरुले माछामासु पसल समेत त्यही समयमा खोलेका छन् । 

        मूल्यमा व्यवसायीले मनपरी वृद्धि गरेपछि बुटवल उपमहानगरले हरेक वस्तुको मूल्यसूची सार्वजनीक गरेको छ । उक्त मूल्यसूचीभन्दा धेरै रकम लिएमा कारबाही गर्ने उपमहानगरप्रमुख शिवराज सुवेदीले बताए । जिल्लाको सैनामैना, कन्चन, देवदह लगायतका स्थानीय तहले पनि किसानका पशुपन्छीजन्य उत्पादन बेच्न समय दिएका छन् ।

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६