लुम्बिनी

रुपन्देहीमा बालिका बलात्कृत



रुपन्देही  ५ वैशाख ।  सरकारले लकडाउन अर्थात बन्दाबन्दीका बेला महिलामाथि हिंसाका घटना भए तुरुन्त उजुरी गर्न आग्रह गरेको छ । सरकारले आग्रह गरेको २४ घण्टा नवित्दै रुपन्देहीको सैनामैनामा १५ वर्षिया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । बलात्कारको कुरा परिवारले थाहा पाएपछि प्रहरीमा तत्काल उजुरी दिएका थिए । करणी गरेको आशंकामा सैनामैना वडा नं. १ का ३७ वर्षिया मानबहादुर छहारीलाई बुधबार इलाका प्रहरी कार्यालय रन्यौराले पक्राउ गरेको हो ।

        बालिकालाई ललाई फकाई गरी बलात्कार गरेको पाइको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टाराईले जानकारी दिनुभयो । उता बन्दाबन्दीको समयमा पनि हिंसाका घटना नरोकिएको भन्दै महिला मन्त्रालयले हिंसा सहेर नबस्न अनुरोध गरेको हो । बुधवार महिला, बालिबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले यो समयमा महिला तथा बालबालिकामा कुनै पनि प्रकारको हिंसाका घटना भए नजिकैको प्रहरी, पालिकाको सामाजिक शाखा वा महिला मन्त्रालयमा पनि खबर गर्न भन्नुभएको थियो । 

        राष्ट्रिय महिला आयोगले पनि लकडाउनका बेला हिंसाका घटना नरोकिएको बताएको छ । आयोगका प्राविधिक सल्लाहाकार पलिता थापाले आयोगले अहिले पनि उजुरी लिइरहेको र दैनिक सयौं महिलाहरूले फोन गर्ने गरेका बताउनुभयो । ११४५ मा फोन गरेर देशको जुनसुकै ठाउँबाट पनि आफूमाथि भएको हिंसा र अप्ठ्यारोका बारेमा भन्न सकिने आयोगले जनाएको छ । 

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६