लुम्बिनी

सरकारको पहिलो काम जनता र राष्ट्रको सुरक्षा गर्नु होः सचेतक खाँण



बुटवल, ५ बैशाख । नेपाली काँग्रेसले कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन सरकारले लामो समय लकडाउनको घोषणा गरेपनि उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएको छ । काँग्रेसले त्यही कारण जनता पीडामा रहेको भन्दै सरकारले संक्रमण न्यूनिकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न नसकेको जनाएको हो । 

        नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता  देखिएको वताउनु भयो  ।प्रमुख सचेतक खाँडले हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो तर  वर्तमान सरकार जनताप्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै  गएको आरोप लगाउनु भयो । 

अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचार गर्नु हो तर यस विषयमा प्रमुख प्रतिपक्ष लगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्नुपर्ने काँग्रेसले  आग्रह गरेको छ । 

        खाँडले महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरी रहनु भएकोमा नेपाली काँग्रेसले हार्दिक सम्मान गर्दछ भन्नुभएको छ । काँग्रेसले संसारभरी छरिरहेका नेपालीहरुले महामारीको पीडा भोगीरहेको बेला उनीहरुको मनोवल बढाउन र उनीहरुको पिडा तथा समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर बनोस् भन्ने विषयमा ध्यान आकृष्ट गर्दछौं भनेको छ । विज्ञप्तीमा लकडाउनका कारणले दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिकहरु आफ्नो रोजगार गुमी आफ्नो घर पुग्नका लागि लामो पैदल यात्रबाटै हिडिरहेको अवस्थाले सबै नेपालीलाई पिडा बोध भएको छ भन्दै उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनको जिम्मेवारीबाट स्थानीय सरकार पन्छिनु नहुने कांग्रेसले प्रष्टाएको छ । 

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६