लुम्बिनी

चिर्पट प्रहार गरी पतिको हत्या



प्युठान ६ बैशाख । प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको चिर्पटले पतिको टाउकामा प्रहार गरेको बताइएको छ । श्रीमतीको प्रहारबाट गम्भीर घाइते अधिकारीको शुक्रबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भाउज्यू र उनका बाबुले मिलेर दाइको हत्या गरेको आरोप मृतकका भाइ हेमराजले लगाउनुभएको छ । श्रीमतीले आफूले चिर्पटले प्रहार गरेको स्वीकारेको र हत्यामा अन्य व्यक्तिको संलग्नता भएनभएको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

स्रोत : रासस

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६