अर्थ-वाणिज्य

मजदुरको सुविधा कटौती नगर्न जिफन्टको चेतावनी ,श्रमिकलाई थप सुविधा दिन माग



बुटवल, ८ बैशाख । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश ५ कमिटीका अध्यक्ष हरि कार्कीले कतिपय क्षेत्रबाट लकडाउन अवधिको सुविधा कटौती गर्ने कुरा आइरहेको भन्दै त्यसो नगर्न उद्योग प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ ।सुविधा कटौतीबारे विभिन्न क्षेत्रबाट गुनासा आइरहेकाले आफूले सरकारी निकाय र औद्योगिक प्रतिष्ठानहरुसँग त्यसो नगर्नका लागि दवाबमूलक पहल गरिरहेको पनि कार्कीले बताउनु भयो ।

        कोरोना भाइरसको जोखिमले मुलुकमा लकडाउन भएको कारण देखाउँदै श्रमिकको सुविधा कटौती गर्ने कतिपय प्रतिष्ठानको निर्णयप्रति जिफन्टको गम्भीर ध्यानाकर्षण भएकाले दैनिक जीवनयापनमा कठिनाइ उत्पन्न भइरहेका बेला श्रमिकको रोजगारी खोस्ने काम कोही कसैले नगर्न कार्कीले चेतावनी दिनुभएको छ ।जिफन्टले कर्मचारी कटौतीदेखि सेवा सुविधा कटौती गर्ने कार्यमा सम्बन्धित प्रतिष्ठानहरुलाई सचेत गराएको पनि उहाँले बताउनु भयो । 

        विभिन्न क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौती, बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भइरहेका छन्, यस्तो हाम्रो सङ्गठनलाई मान्य हुने छैन’–कार्कीले भन्नुभयो । विश्वव्यापी सङ्कटका बेला नेपाली श्रमिकको दैनिकीलाई अझै सङ्कटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने कार्कीले चेतावनी दिनुभयो । 

        रोजगारदाता र श्रमिकले सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने एक महिनाको रकम सरकारले तिरिदिएकाले यसबाट उद्योग प्रतिष्ठानलाई पनि राहत पुगेको जिफन्ट अध्यक्ष कार्कीले बताउनु भयो । 

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६