लुम्बिनी

मजदुर पैदल यात्रा गरि गृह जिल्ला फर्काउन युवाको सक्रियता



कपिलवस्तु ९ बैशाख । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गत चैत्र ११ गते लकडाउनको घोषणा गर्यो ।  देशका विभिन्न जिल्लामा रोजगारीको शिलशिलामा रहेका मजदुर पैदल यात्रा गरि गृह जिल्ला फर्किन थालेपछि पछिल्लो  समय जिल्लाका विभिन्न स्थानमा पैदल यात्रुलार्ई  खाना ,खाजा, यातायातको व्यवस्थापनमा स्थानिय तह , युवा , सघं संस्था सक्रिय देखिन थालेका छन् । हिजो लकडाउनको २८ औँ दिन कपिलवस्तुको वाणगंगा नगरपालीका ,बुद्धभुमि ,शिवराज नगरपालीका लगायतका स्थानमा ४ सय बढिलाई खाना खुवाई गृह जिल्ला पठाईएको छ । 


शिवपुरमा रहेको उज्यालो बचत ऋण सहकारी सस्था तथा सस्थाका अध्यक्ष युवराज घिमिरे को संयोकत्व तथा शिवपुर स्वास्थ्य चौकि स्वास्थ प्रमुख लेख नाथ पौडेल द्वारा स्वास्थ्य जाँच, सहयोगमा  ५० जनालाई खाना खुवाई घर पठाइएको थियो । काठमाडौ बाट सुर्खेत जाने पैदल यात्रु लाई सैना मैना नगरपालिका रुपन्देही नगरपालिका को यातायात सहयोगमा गाडी नम्बर ना ७ख ४२६ आएका ५० जना यात्री हरु लिएर आएको बस लाइ शिवपुर हाटबजार को चउरमा खानाको व्यवस्था गरिएको हो।  यता बुद्धभुमि नगरपालीका गोरुसिगेंमा बुद्धभुमि नगरपालीका , स्थानिय युवा ,सघं संस्थाको सहयोगमा ३ सय बढि पैदल यात्रुलाई खाना , खाजाको व्यवस्था सहित नगरपालीकाको गाडी प्रयोग गरि यात्रुलाई विभिन्न जिल्लामा पुर्याउने कार्य भैरहेको छ । त्यस्तै बाणगंगा नगरपालीकामा ने वि सघं क्षेत्र नं। १ , तरुण दल कपिलवस्तु , लभ नेपाल, विभिन्न वडाको सक्रियतामा ५० जनालाई खाना खुवाई यातायातको समेत व्यवस्थापन गरेको बताईएको छ । 

प्रकाशित : ९ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६