पर्यटन

अलपत्रलाई मजदुरको स्वागतमा बसको प्रतिक्षा, बुटवलको मजदुर प्रेमी ब्यवहार



बुटवल, ९ बैशाख । बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिंड्न पनि रोक लगाएपछि सडकमा यात्रुहरु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउने गरी उपमहानगरपालिकाले व्यवस्थापन गरेपछि सडकमा पैदलयात्री समेत देखिन छाडेका हुन् ।यसअघि साँझ र बिहानको समयमा मानिसहरुको बढी चहलपहल हुने गरेको भन्दै बुटवल उपमहानगरपालिकाको आलोचना हुने गरेको थियो ।

        अलपत्र यात्रुलाई गन्तव्यसम्म पु¥याउनका लागि बुटवल धागो कारखाना अगाडि र पाल्पाको सिद्धबाबामा बस तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनु भयो ।अलपत्र अवस्थामा रहेकालाई खानाको व्यवस्था गरी गन्तव्यमा पु¥याउन थालिएपछि लकडाउनका बेला उनीहरुले राहतको महशुस गरेको र अत्यावश्यक बाहेकका मानिसहरु घरबाहिर निसकन छाडेको उपमहानगरप्रमुख सुवेदीले बताउनु भयो ।बुटवल उपमहानगरपालिकाले विगत चार दिनयता यसरी अलपत्र परेका १३ सय व्यक्तिहरुलाई खाना खुवाइसकेको छ । 

        नेकपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले लकडाउनका बेला खान नपाएर कोही पनि भोकै बस्नु नपर्ने भन्दै यसका लागि पार्टीले पनि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउनु भयो । बुटवल उपमहानगरपालिकाले कोरियन टेक्निकल इन्स्टिच्यूट परिसरमा अलपत्र परेका यात्रुहरुका लागि खानाको प्रवन्ध गरेको यसका लागि पार्टीले समन्वय गरिरहेको पनि उहाँले बताउनु भयो । लकडाउनका बेला अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन पनि उहाँले नगरबासीलाई आग्रह गनुभएको छ ।

        मर्निङ र इभिनिङ वाकको निहुँमा भीडभाड हुने गरेको हँुदा बुटवल उपमहानगरपालिकाले बिहान ८ बजेभन्दा पहिले र बेलुका ५ बजेपछि घरबाट ननिस्कन अनुरोध गरेको छ । साथै दैनिक अत्यावश्यक समान मात्र बिहान ८ देखि बेलुका ५ बजेसम्म खरिद बिक्री गर्न दिने व्यवस्था गरेको छ । 

प्रकाशित : ९ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६