लुम्बिनी

वि.सं. २०७७ मा प्रदेश ५ मा छ दिन सार्वजनिक विदा, यी हुन् समेटिएका जात्रा



बुटवल, ११ बैशाख । प्रदेश ५ सरकारले वि.सं. २०७७ मा छ दिन विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री कार्यालयका अनुसार ति छ दिनको विदा ४ दिन प्रदेशभरीका लागि एउटै रहेको छ भने एक दिन स्थानीय तहले विदा दिन पाउनेछन । अर्को एक दिन भने निश्चित पर्व मनाउने समुदाय र ठाउँका लागि विदा तोकिएको छ ।

        वि.सं. २०७७ सालमा प्रदेशले दिने ६ दिनको विदा सम्बन्धी निर्णय भएको र त्यसमध्ये ४ दिन प्रदेशभर एउटै प्रकारको हुने छ ।छुट्याइएको विदामा बकरइद, माघ १ गते र २ गते मााघी विदा, फागुन ३ गते ग प्रदेश स्थापना दिवस रहेका छन् । त्यसैगरी स्थानीय तहको निर्णयबाट हुनेगरी एक दिनको विदा छुट्याइएको छ । छुट्टै पर्व मनाउने समुदाय र ठाउँलाई केन्द्रित गरेर १ दिन विदा छुट्याइएको छ । रुकुम रोल्पामा मनाइने भूमे पूजा, थारु समुदायलाई लक्षित गरी बडकी आइतवारी र पाल्पाको भगवती जात्राका लागि पनि विदा दिइएको छ ।

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६