अन्तर्राष्ट्रिय

घर पालुवा बिरालोमा देखियो कोरोना सङ्क्रमण



काठमाण्डौ ११ बैशाख । अमेरिकाको न्युयोर्कमा दुई वटा बिरालोमा पनि कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना भएको पाइएको बीबीसीले जनाएको छ ।सङ्घीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएको बिरालोमा कोरोना भाइरसको सङ्क्रमण पाइएको यो पहिलो घटना हो । ती दुई बिरालोमा कोरोना सङ्क्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ । यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अमेरिकी अधिकारीहरुका अनुसार जनावर मानिसबाट सङ्क्रमित हुनसक्ने तर अहिलेसम्म पालिएको जनावरबाट मानिसमा सङ्क्रमण सर्ने सङ्केत पत्ता लागेको छैन । 

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६