अन्तर्राष्ट्रिय

कोरोनाबाट भारतमा ७ सय बढीको मृत्यु, संक्रमित २३ हजार नाघे



एजेन्सी, १२ बैशाख । विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ सय २१ पुगेको वल्र्ड मिटरको तथ्याङ्कमा उल्लेख छ । भारतमा एकैदिन १ हजार ६६९ जनामा संक्रमण फेला परेसँगै संक्रमित हुनेको संख्या २३ हजार ३९ पुगेको छ ।

        संक्रमितमध्ये ५ हजार १२ जना उपचारपछि निको भएर घर फर्केका छन् । १७ हजार ३ सय ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकका रुपमा अहिले देखा परेको छ । सुरुमा चीनको वुहानमा देखा परेको   कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा सबैभन्दा बढी प्रभावित बन्दै गएको छ ।

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६