अन्तर्राष्ट्रिय

कोरोनाका कारणः अनलाइनबाटै विवाह !



एजेन्सी, १३ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण अधिकांस जोडीहरुका विवाह स्थगित भए ।  तर पनि दक्षिण कोरियाको सिओलका एक जोडी भने महामारीबिच वैवाहिक बन्धनमा बाँधिए । सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन् । दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो ।

        कम्पनीले महामारीका कारण समस्यामा परेका मानिसहरुलाई सहयोग उद्देश्यसहित सञ्चालित अभियान अन्तर्गत यो कदम चालेको जनाएको छ ।  विवाह समारोहमा ५० साथी तथा परिवारका सदस्यहरुले ‘जुम’ मार्फत ४५ मिनेटको सो विवाह कार्यक्रममा सहभागिता जनाएका थिए भने युट्युबमा पनि यसको प्रत्यक्ष प्रसारण गरिएको थियो । विवाह स्थलमा राखिएको ठूलो डिस्प्ले बोर्डमा जोडीले रियल टाइममा आफन्तीसँग भलाकुसारी गरेका थिए ।

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६