सुदूरपश्चिम

क्वारेन्टाइन बसेर ३ सय ३७ घर फर्किए



लम्की, १३ बैशाख । देशका विभिन्न ठाउँबाट आफ्नै पालिकामा पुगी क्वारेन्टाइनमा बसेका नागरिक शुक्रबारदेखि घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको मार्गदर्शनअनुसार हाल क्वारेन्टाइनमा बसेका मानिसलाई शुक्रबार घर पठाइएको हो ।

  टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले स्वदेशभित्रैबाट आएका नागरिकलाई वडाध्यक्षको जिम्मामा फारम भरी होम क्वारेन्टाइनमा पठाउने भन्ने प्रदेश सरकारको पत्रानुसार घर पठाइएको जानकारी दिनुभयो । “नेपालका अन्य जिल्लाबाट आएकाहरु घर फर्काएका छौँ”, नगरप्रमुख रावलले भन्नुभयो, “कर्णाली मावि सत्तीमा रहेको  क्वारेन्टाइनमा आठ भारतीय नागरिक राखिएका छन् । उनीहरुलाई १४ दिन पूरा भएपछि मात्र पठाइनेछ ।”

        नगरपालिकाले बाहिरबाट आएका मानिस टीकापुर बहुमुखी क्याम्पस, कर्णाली मावि सत्ती, राष्ट्रिय मावि बेलुवा र सेतीमैंया मावि झुङ्गामा गरी चार क्वारेन्टाइनमा रहेका ३३७ जना घर फर्काएको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पनि त्यहाँका सरस्वती मावि दुर्गौली, जनता मावि मुनुवा र मोति मावि मोतिनगरमा स्थापना गरिएका तीन क्वारेन्टाइनमा रहेका २१४ नागरिकलाई घर फर्काउन लागिएको जानकारी दिनुभयो ।

काठमाडाँैदेखि आई टीकापुर बहुमुखी क्याम्पसमा चार दिन बसेर फर्किनुभएका प्रकाश चौधरीले अरु १० दिन बसेर स्वास्थ्य जाँच गरेर घर जान पाए राम्रो हुने प्रतिक्रिया दिनुभयो । “चौध दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्काएको भए हुन्थ्योँ”, चौधरीले भन्नुभयो, “म त स्वास्थ्य परीक्षणपछि घर फर्काएको भए ढुक्क हुन्थेँ ।”

टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले १४ दिनपछि घरबाट बोलाएर क्वारेन्टाइनमा राखिएका सबैको ¥यापिड टेष्ट गरिने जानकारी दिनुभयो । “अहिले हामीले घर फर्काए पनि होम क्वारेन्टाइनमा बस्न भनेका छौँ”, संयोजक रावलले भन्नुभयो, “घर फर्किएर छुट्टै बस्नुपर्नेछ ।”

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६