साहित्य

स्मृतीको पानामा राधा…



६ बर्षपछि आज उनलाई भेटे । म झस्किए । उनी पनि झस्किन । सायद हाम्रो भेट यसरी होला भनी नसोचेको भएर होला । उनले पनि सोचेकी थिइनन् कि !

हत्पतमा मैले सोधे राधा तिमी ? 

अँ । अच्चम मान्दैं उनले भनिन् –तपाई पनि यहाँ । 

अँ आज बिदाको दिन कता जाउ भन्ने भो अनि यता । 

अनि तिमी नि ? मैले सोधें । अ बाबुले घुम्न जाने भन्थ्यो । आज बिदा पनि त्यही भएर । उनले भनिन् । बाबू ? को बाबु ? मैले सोधें । 

ए तपाईलाई थाहा छैन है । यि मेरो बाबु । छेउको बालक लाई देखाएर भनिन् । 

ए यति ठूलो भैइसक्यो ? कति बर्षको भयो ? ५ बर्ष । उनले भनिन् । 

ए लौ, तिमी नि अब बुढी भइछौ, हगि ? हो भए नि उनले भनिन । एकछिन हाँसो चल्यो । 

नाम के राख्यौ नि बाबुको ? 

        उनी अकमकाइन भन्न खोजे जस्तो लागेन । मैले पनि दोहोर्याइन । मैले उनको बाबू तिर फर्केर हेल्लो बाबू भने । उसले पनि हेल्लो भन्यो । अनि तपाईको नाम के हो नि ? मैले सोधे । आधार राज अधिकारी । उसले भन्यो । अरे, तपाई र मेरो नाम एउटै रैछ त । बाबु हास्यो । मैले राधाको अनुहारमा हेरे । उनले झट्टै अन्त हेरिन । मैले बुझिसकेको थिए । 

अनि उसको बाबा कता ? मैले सोधे । 

        बाबुलाई आईसकृम किन्न जानू भाको छ । ए, मैले भने । सानो परिवार सुखी परिवार रैछ है ? मैले भने । उनी केही बोलिनन । तपाईको खबर के छ ? के गर्नुहुन्छ नि आजकल ? अनि तपाईले बिहे गर्नुभयो त ? उनले एकै पटक सोधिन । आम्मै कति धेरै प्रश्न गरेको ? मलाई गारो हुन्न ? मैले भने । अ मेरो खबर नि ठिक छ । पहिला जस्तो हल्लेर हिड्न छोडे नि । आजकल सप्रीए नि म थाहा छ ?  आजकाल त काम नि गर्न थालेको छु । 

        हो र ? उसले भनिन् । हो नि मैले भने । हामी दुबै एकछिन हास्यौँ । ल बधाई छ, बिग्रीनु भाको सप्रीनु भएछ । अनि काम नि गर्न थाल्नु भएछ पनि । उनले भनिन । तिमी खुसी छौ नि ? मैले उनलाई सोधे । अ खुसी छु । मलाई धेरै माया गर्नु हुन्छ अनि धेरै केयर नि । एकछिन पनि एक्लै छाड्नु हुन्न । रक्सी चुरोट केहि नि खानु हुन्न । तिमी भाग्यमानी छौ नि त । मैले भने । अनि तपाईले पनि बिहे गर्नु भो त होला नि हैन रु उनले सोधिन । म मात्र मुस्कुराहि रहे । भन्नू न उनले भनिन । म केबल उनलाई हेरि हासिरहें ।

        मैले उसको बिहे पछि यसरी फेरि भेट होला भनी सोचेको थिएन । नभेटिने बाचा गरि छुटेका थियौ । छुटे पछिका मेरा दिन । सन्झन चाहन्न म । घण्टौ घोत्लेर बित्थ्यो । कति एकोहोरिएको थिए । मेरा साथी भाइ र आफन्तले भनेसी मात्र झस्किन्थे । मलाई बिश्वास गर्न गाह्रो हुन्थ्यो । जसले मलाई जिउन सिकायो । जीवन के हो बुझायो । साना साना कुरा बाट खुसी बटुल्न सिकायो । जसले जिउने कला सिकायो । सपना बुन्न र देख्न सिकायो । गलत बाटोमा हिडेको लाई सहि बाटो देखाएकी थिई । उहीँ । हो उहीँ, जो मबाट टाढिएको छ । आफ्नो कहिल्यै नहुने गरि पराईको भएको छ । मेरो सिन्दुर लाउने कल्पना गर्ने उनी । हाम्रो घर परिवारको सपना देख्ने । आज अर्कैको सिन्दुर बोक्दैछिन । जस्तो परिस्थितिमा नि एकै बाटो हिड्ने बाचा गरेका हामी ।आज हाम्रो बाटो फेरिएको छ । कति सबै भुल्ने कोसिस गरे । सम्झिन्न भन्थे त्यति याद आउथ्यो । तर हरबखत उनकै याद आउथ्यो । खाने बेला, उठ्ने बेला, पढ्ने बेला, यहाँ सम्म कि बाटोमा जो देखे उहि झै लाग्थ्यो । छुटेका ती दिनपछी मेरा दिन कसरी बिते शब्दमा वर्णन गर्न सक्दिन ।

        तर समयले त्यो चाहेन । फेरि भेट गरायो । सबै समयको खेला हो भन्थे । बिश्वास लाग्दैनथ्यो । हो रहेछ । समयकै खेल रहेछ । कहिले छुटाउने अनि फेरि भेटाउने । म अझै सम्झन्छु । ती दिन । घन्टौ हामी फोनमा बिताउथौ । कुरा गरेर कहिले नथाक्ने हामी । छिन छिनको कुरा अपडेट हुने हामी । कुरा धेरैको हुन्थ्यो । कहिले आफ्ना कुरा गर्थिन अनि साथिको कुरा पनि । म पनि मज्जैले सुनी दिन्थे । उनी भबिश्यको सपनाको कुरा गर्थिन म मन लगाएर सुनीदिन्थे । म उसको बोल्ने शैली त्यो हाउभाउ र खुलेर बोलेको कुरामा बिलिन हुन्थे । मैले केही बोल्नै पर्थेन । उनी सुरु भएसी बस अँ, हो भने मात्रै नि घन्टौ बित्थ्यो । कति मिठास थियो । मैले मेरो सन्सार उनैमा देखेको थिए । जिन्दगी नै यहि हो लाग्थ्यो । उनी सबै भन्दा बढि आफ्नो बाबाको कुरा गर्थिन । उनी बाबालाई औधी माया गर्थिन । प्रेरणाको स्रोत मान्थिन । उसलाई नि बाबाले पनि उत्तिकै माया गर्ने सुनाउथिन । उनी बेला बेलामा उनको जिबनको अविस्मरणिय क्षण सुनाउथिन । उनी मरेर बाचेकी रे । बाबा आमा र आफन्तले आस मारिसकेका । उनी बेला बेलामा अचेत हुन्थिन रे । के भएको थियो उनी आफैलाई थाहा छैन । एक्कासी टाउको दुख्ने मात्रै याद छ उसलाई । उनी बिउझिदा कहिले अस्पताल कहिले घर र कैले कता हुन्थिन रे । अस्पतालको डाक्टरले पनि बताउन सकेको थिएन । के भएको भन्ने बारे । नेपालमा भएका सबै प्रबिधी प्रयोग गरे नि उसलाई बिसको उन्नाईस बनाउन सकेको थिएन । यहाँ सम्म कि आफन्तले डाक्टरको बिश्वास नलागेर धामीझाकृको भर नि परेका थिए रे । कहि कतै बाट केही पनि राहत नभए पछि बाबा र ममि सङै धुरु धुरु रुनु हुन्थ्यो रे । पछि कति पछि आफै निको भयो रे । त्यसरी पो बाचेकी म बाबै । भन्थिन उनी । त्यही भएर नि होला मलाई बाबाले अरु भाइ बहिनी भन्दा नि बढी माया गर्नुहुन्छ । मैले भनेको कुरा भाइ बहिनीलाई भन्दा पहिला मेरो पूरा हुन्थ्यो भन्थी । यति मायामा हुर्केकी म तपाईले माया मारे पाप लाग्छ भन्थिन ।

        कलेजका ती दिन । हामी कलेजमा रेगुलर थियौ । तर कक्षामा बिरलै । कक्षामा बसि हल्यौ भने पनि पढ्न होइन हल्ला गर्न । अगाडिका बेन्च हाम्रा लागि थिएन। सधै पछाडिका बेन्च । पछाडिका बेन्च हाम्रै लागि बनाई दिए जस्ता । कक्षाका अन्य साथिहरु हामिलाई बाहिरै भएको खुसी मान्थे । कलेजका समय क्यन्टिनमै बित्थे । त्यही क्यान्टिन हाम्रो कक्षाकोठा । कोहि हामिलाई भेट्न परे सिधै क्यान्टिन आए हुने । कहिले कक्षामा बसिहाले नि सबै अचम्म मान्थे । हामीलाई कयौ पटक राजु सरले भन्नू भएको थियो । आज क्यान्टिनमै कक्षा लिने भनेको तिमिहरु यतै आएछौ । बडा ज्ञानका कुरा छाठ्थे । हाम्रो ग्रुपमा ९ जना थियौ । चार केटि सुधा, अजिता, मनिशा र प्रेक्षा र ५ केटा राघब, सन्तोस, रिदम, बिराट र म । केटिहरु अक्सर कक्षा छोड्दैन्थे । हामी अक्सर क्यान्टिन । हामी केटिहरुलाई तिमिहरु पढ अनि हामिलाई बतायो भन्थेम । उनिहरु नि अ भैहाल्छ भन्थे र कक्षामा दौडन्थे ।

        सायद माघको महिना थियो । कलेज १ महिनाको जाडोको बिदा पछि खुलेको थियो । कलेजका वातावरण सुख्खा । हरियाली केही थिएन । जताततै धुलै धुलो । धुलाम्य वातावरण । हो यस्तैमा हो मैले पहिलो पटक राधालाई देखेको । । पहेलो कुर्तासलवार । अनि त्यो हरियो चुन्नी । मलाई अझै याद छ । मैले पहिलो पटक उसलाई देखेको त्यो ड्रेस ।तीन चार साथिहरु सङ घाम ताप्दै गफ गरिरहेकी । मैले त्यो देख्दै ममा अर्कै तरङ उत्पन्न भएको थियो । मैले जिन्दगीमा यसरी कसैलाइ ख्याल गरेको थिएन । मलाई थाहा छैन । मैले एकटकले उस्लाई हेरिरहेछु । वर्णन गर्न सक्दिन । मायाको भाषामा भनु, भर्खरै स्वर्गबाट झरेकि अप्सरा झै । हातमा किताब च्यापेकी । बोलिरहदा घरी घरी गालामा आई डिस्टर्ब गर्ने त्यो केश । बेला बेलामा त्यो केशलाई आफ्नो चोरी औलाले कानको पछाडी छाडीदिन्थी । तर के मान्थ्यो त्यो केश फेरि गरिहाल्थ्यो ।

ओइ आधार , कहाँ एकोहोरिन्छ यो ? हिड चाडो । राघबले चिच्यायो । हँ मैले भने ल जाउ मैले भने । 

        राघब हाम्रो ग्रुपको एउटा केटा । जो अलि फरक प्रकृतिको थियो । जो सङ कोहि बोलेर जित्न सक्थेन । जे कुरामा नि आफ्नै तर्क दिन्थ्यो । कसैको डर नमान्ने । कोहि सङनी आफ्नो कुरा राख्न डराउदैनथ्यो । उ आफ्नो कुरा सजिलै सबैलाई भन्न सक्ने सामर्थ्यको थियो । चाहे अरु रिसाउन चाहे खुसाउन । एक किसिमले भन्नू पर्दा उसैले हाम्रो ग्रुप चलाउथ्यो । उसैले भने पछि हुनै पर्थ्यो । कतै जाने । केही रमाइलो गर्ने भनेपछी । गर्ने गर्ने । अरु केही बिकल्प नचाहने । उसको एक बानी थियो जो सबैमा परिचित । चुरोट औधी खान्थ्यो । चेन स्मोकर । कैले त लाग्थ्यो । यो चुरोट उसैको लागि बनेको हो । मान्छे पनि चुरोटै जस्तो । क्यान्टिनको गुरुङ भाईले चिया अगाडि राखिदियो । चिया सङ खाने अरु चिज नि मगाए । मैले केही मगाईन । 

        मेरो मनमा बिहानको त्यो झल्को घुमी रहेको थियो । बिहान घाम ताप्दै गफ गर्ने को होलिन उनी । कुन संकायकी होलिन । कुन ब्याचकि होलिन । मन तरङित भईरहेको थियो । उनको त्यो स्वरुप मनमा चलिरहेको थियो । प्ले अनि रिप्ले जस्तै । हैन के भएको मलाई । किन मन थिरमा छैन । मन फर्काउन खोज्छु । तर सकिरहेको छैन ।फेरि कतिबेला उनलाई देखुला र हेरुला । यस्तै कल्पना आईराको थियो । ओइ आधार के गर्छ यो । चिया सेलाईसक्यो । केही मगाईनस त आज । के हो सन्चो छैन कि कसो रिदमले सोध्यो । हैन ठिक छ । केटाहरु आफ्नै गफमा मस्त थिए । रिदमले केटाहरुलाई गफ दिदै थियो । रिदम बडा चतुर र बाठो छ । को सङ कस्तो बोल्न पर्छ । सब थाहा छ यस्लाई । विशेष त केटिहरुको निक्कै ख्याल राख्छ । घरी घरी केटाहरु सङ बाजि पनि गरुहाल्छ । यो को केटि कहाँ बस्छे, के गर्छे, प्राय सब थाहा छ यसलाई । केटि सङ कुरा गर्न माहिर छ यो । बोलिले नै मख्खै पार्न सक्छ । जस्तो मै हु भन्नेलाई नि लठ्ठै पार्छ । एक मनले लाग्यो मैले देखेको केटिको बारेमा नि यसै सङ सोधु । तर होइन यसले कुरो बिगार्छ । मलाई सपार्नु छ । बिगार्नु होइन । सोध्न हुन्न यसलाई । सोधिपासो हुनेछ । त्यो दिन मेरो यस्तै तर्कना मात्रै आइरह्यो ।

        मैले किन यस्तो भैरहेछ सोच्न सकेको थिएन । हरक्षण उनलाई मात्रै सम्झिने मेरो मन । मन कतै लाउन सकेको थिइन । मैले धेरै सुनेको थिए । माया जब बस्छ नि धेरै समय लाग्दैन रे । एकै पटक मन बस्छ रे । मलाई सायद यस्तै भैईरहेछ । देख्न त म कति देख्छु यी कलेजमा । तर खै यस्तो भाको थिएन । जति अहिले छट्पटी भैरहेछ । त्यस दिन साथिहरु सङ छुटेर घर फर्के । बाटोमा पनि उनैलाई सम्झदै थिए । त्यस दिन मैले सबै भन्दा बढी उसैको कल्पनामा बिताए । 

        सधै बिहान उठ्न गारो हुने तर भोलि पल्ट बिहान चाडै उठे । थाहा छैन किन यत्ती जागर लाग्यो । आफ्नो नित्यकर्म गरि कलेज जान तयारी भए । म चाडै पुगे । साथिहरु कोहि आएका रहेनछन । एक छिन ढोकाबाट आउदै गरेका तिर आखा गयो । कतै तिनी आउछिन कि भनेर । मन आतुर थियो । तिनिलाई देख्न । अह तिनिलाई देखिन ।

        रिदम आइ पुग्यो । खोइ को केटि सित आएछ । मलाई देखेसी म तिर आयो । सङै आकि लाई नि बोलाउदै थियो । तर कलास छुट्छ भनेर आईन । रिदम र म कलेजको बिचको रुखमा अडियौ । रिदम हिजो यसो गरे र उसो गरे सुनाउदै थियो । मैले सुने झै गर्दै थिए । मलाई हिजोको कुरा सुनाउन मन थियो । तर एक मनले सुना भन्थ्यो अर्कोले नसुना । मनमा निकै तर्कना पछि मैले सुनाए ।

मस् ओए रिदम सुन्न  

रिदमस् अ भन ।

मस् हिजो एउटि लाई यहाँ देखेको थिए यार । लास्ट मन पर्यो यार । कसरी बोल्ने होला यार । मैले फ्याट्टै सुनाए ।

को देखे भन्छ ? कति देखिस देखिस होलानी । गललल हास्यो रिदम ।

साच्चै के यार । मलाई हिजो देखि त्यै मात्रै मनमा आइराको छ यार ।

को भन्छ यो ? मलाई देखान त । आज त देखेकै छैन । देखे भने तलाई देखाउला मैले सुनाए

हिड जाउ चिया खान रिदमले सुनायो । जाने र ??? अरु नि आउन दे न अनि जाम्ला । ह्या अरु नि आइहाल्छ्न नि हामी जाउ न पैला रिदमले भन्यो ।

मलाई आज क्यान्टिन जान मन थिएन । त्यतै बसु झैं लागेको थियो । कतै उसलाई फेरि देखिन्छ कि मनमा आस लागेको थियो ।

रिदमले तान्दै लाग्यो । म नि लागे । 

एकछिनमा मनिशा र प्रेक्षा आइपुगे । आज दोस्रो घन्टी नहेने रे । सर आउनु भाको छैन रे । अनि चिया खान आको भन्दै थिए । तिमीहरु नि कैले काहीँ त कलासमा बस यार । उनिहरु भन्दै थिए । हात्ती पढेर ठूलो र कमिला नपढेर सानो भाको होर । हामी टारी दिन्थेउ कुरा । तिमर्का कुरा तिमीहरु नै जान । तन मेरो क्यान्टिनमा भए नि मन त्यहा थिएन । 

        हामी ४ नम्बरको टेबलमा थियौ । मैले हाम्रो पछाडीको टेबलमा के हेरेको थिए । उनी पनि पो त्यही रहिछिन । आम्मै, एक्कैछिनमा सास बढेर आयो । कल्पनै गरेको ठाउमा तिनलाई देखे । मन र मुटु तिब्र भैरहेको थियो । तिनी अनि तिनका अरु दुई साथी चिया खादै थिए । मैले रिदमलाई कोट्याए । सुन्न अघि बिहान तलाई सुनाथे नि । के कुरा रिदमले भन्यो । त्यो एउटिको कुरा क्या । मैले भने । अँ अँ के त रिदमले भन्यो । पछाडीको टेबलमा छ्न । रिदम नि फरक्कै पछाडी फर्क्यो । बिस्तारै हेर्न साले । मैले भने । के मान्थ्यो त्यो । मज्जाले फर्केर हेर्यो । हेर्ने त्यो मलाई चाहिँ अफ्ठेरो लागिराथ्यो । कुन चाहिँ हो ? रिदमले सोध्यो । त्यो लामो कपाल के । मैले भने । सबैको त लामो छ नि । कस्तो डाँका रैछ । बिस्तारै नथाहा पाएझै हेर भन्छु हल्ला गर्छ । त्यो हरियो स्वेटर के मैले भने । ए त्यो पो म त तेस्लाई देखिरन्छु त । रिदमले भन्यो । साला गफ लाउछ्स । मैले भने । तँ सित के गफ लाउनु । तँ केटि हो र । फेरि रिदम गललल हास्यो । साच्चै हो र मैले भने । हो के यार । तलाई म के ढाटु । ओइ, उ सित कसरी बोल्ने होला यार मैले भने । नआत्ती न कुरो गराईदिए भएन तलाई । रिदमले भन्यो । हुन्छ मैले भने । एकछिन है भनेर रिदम उनी भएको टेबल तिर लाग्यो । ओए नजान मैले भने । के मान्थ्यो । 

रिदम उनिहरु भाको टेबलमा गफ गर्न थाल्यो । म त्यता नहेरे झै छड्के नजरले हेरिरहे । 

        एकछिनमा रिदम फरक्यो । उनिहरु पनि क्यान्टिनबाट निस्किए । मैले रिदमलाई सोधे । के कुरा गरिस तिनिहरु शीत मैले सोधे । केइ होइन रिदमले भन्यो । कस्तो डाँका रैछ । भन्न यार मैले भने । केइ होइन क्या । कता बस्छौ मैले देखे जस्तो लाग्यो भने । उनिहरुले नि सुनाए त्यही हो रिदमले भन्यो । कहाँ बस्दिरहिछिन र मैले सोधे । मित्रपार्क उसले भन्यो । हो र तैले देखेको थिइस र ? मैले सोधे । देखेर त सोध्या त उसले भन्यो । अनि मलाई कहिले चिनाउछ्स त मैले सोधे । किन आत्तिनछ्स केटो पख न । धेरै आत्तिन हुन्न क्या उसले भन्यो । म कति आत्तेको थिए तेस्लाई के थाहा । मनले अ मत्रै भनेको थिए । मेरो मन कति आतुर छ उ सित बोल्न तलाई के थाहा । समय समय हिसाब गर्दै छु । यति त अहिलेसम्म नि आत्तेको थिन होला जिन्दगीमा । कहिले मैले जस्तो माया गरेको भए पो थाहा पाउथिस । तलाई खाली केटि जिस्क्याउदै फुर्सद छैन । के थाहा त डाँकालाई माया भन्ने । म मनमनै कुरा गर्दै थिए । ओए आधार आजको पैसा त तैले नै तिर्ने होला नि होइन रु हँ होला नि त मेरै पालो मैले भने । पालो रे ?

ए अब तेरै पालो हो । किन मन छैन राधा शीत चिनजान गर्ने ? 

राधा ??? मैले सोधे

हो राधा । राधा खनाल । स्नातक प्रथम बर्ष । अरु केही भनु ? रिदमले भन्यो ।

        मलाई अहिलेलाई यत्ती नै काफी थियो । राधा कति प्यारो नाम राधा । कसैले रुपसङ मेल खाने नाम जुराई दिएछ राधा । औधी प्यारो नाम । आफुलाई कृष्ण घोषणा गरिसकेको थिए । मेरी राधाको कृष्ण । अटुट प्रेम कहानी । जुगौ जुगको लागि स्मरण रहने जोडि । मैले सानोमा धेरै सुनेको छु । यो जोडीको किस्सा । कृष्णलाई मन पराउने हजार हुदा पनि उनलाई मन पर्ने राधा । तर राधालाई अति सताउथे । माया जाहेर गर्न सकेका थिएनन कृष्णले । मनले सधै राधा खोज्ने । सुन्दर जोडी । हरेक प्रेम कहानिमा आउने जोडी । अमर कहानी । मेरै लागि यस धर्तिमा पठाईएकी । सुन्दर रुप । सुन्दर स्वरुप । सुन्दर वर्ण । सायद मन पराएकी भएर होला । मलाई उनका हर कुरा सुन्दर लाग्थ्यो । हरेक सुन्दर ।

अरु नि भन्न यार मैले भने । अरु त मलाई थाहा हुनु पर्यो नि । हो यो गधालाई के थाहा र त्यो भन्दा त मैले धेरै जानेको छु । तर के गर्ने । मन परेको मान्छे सित बोल्न पनि ठूलो आट चाहिने रछ । अगाडि पर्यो भने होसहवास गाएब । के भन्छु भन्यो । केही भन्न सके पो । यो ममिलामा मलाई सहयोग गर्ने भनेको रिदम नै हो । यसलाई बिच्काउन हुन्न यार । अब सम्बन्ध अघि यसैले बढाउछ ।

        यो आधारले त राधा भन्नेलाई मन पराउछ रे नि त । लौ साथी माझमा त ठुलै हल्ला पनि पो चलिसकेछ । बित्यास पार्ने भो यो रिदमले । साले सम्बन्ध बढेको नै छैन । ढोल पिटिसकेछ । डाँकाले भ्रुणमै मार्ने भो । बोलचाल हुन पाको छैन । चिन्जान होला नहोला पत्तो छैन । उनले मलाई मैले हेरे जसरी हेर्लिन नहेर्लिन केही थाहा छैन । यी साथिहरु नि अजिबका हुन्छन भन्या । नभए नि नहुने भए यस्तो छ चाल । मनमा चिसो पस्यो कतै राधाको अगाडी यसरी बोले भने के होला ।

        ओए आधार को केटि हो हामिलाई नि देखा न राघबले सोध्यो सुधा र मनिशाले पनि चिनाउन भन्दै थिए । यो रिदम कति जान्ने हुन्छ ह, त्यसलाई किन हल्ला गर्दै हिड्नु पर्ने । कतै नभाको सान झार्छ । कति ठूलो ठान्छ नि आफुलाई । कत्ती न उपकार गरे सोचेको होला । कति कुरा अघि बढ्नै बाकी छ । साले लाई किन भने हुला जस्तो भो । नभनेर नि क गर्नु । यो कुरा मेरो मनमै मर्थो क्यारे । आ.. जे पो होस । कि वार कि पार । समय र भाग्यले साथ दिए अघि बढ्ला । नभए के गर्नु । त्यसो बनेर पनि त भएन । तातै खाउ जलि मर्न पनि त भएन । लौ परमेश्वोरी जे छ तिम्रै हातमा छ । मलाई केही चाहिदैन । मलाई राधा सङ परिचय गराईदेउ ।

        मलाई यहि बेला हो समय कति ढिला चलेको होला झै लाग्न थलेको । अरु समय मेरा चाडै बिते झै लाग्थे । सजिलै दिन कटेको । तर जब मैले राधा देखे समय धेरै ढिलो बढेको भान भयो । कहिले भोलि होला अनि मेरि राधालाई देखौला झै लाग्थ्यो । तर समय मेरो इसारामा चाल्ने थिएन । यसको त आफ्नै रफ्तार थियो । मेरा दिन यसै बित्दै थिए । राधा सङ परिचय गर्ने अनि बोल्ने । म यसै दिनको प्रतीक्षामा थिए । तर त्यो दिन आएको थिएन । हरेक पल्ट मैले उनलाई हेर्ने कोसिस गरेको थिए । उसको पढाइ हुँदै गर्दा होस । झ्यालबाट चिहाउथे । ढोकाबाट । हरेक ठाउँ जहाँ बाट उनलाई नियाल्न सक्थे । उनी हामी जस्ती थिएन । हरेक विषयको कलास लिन्थिन । हामी हरेक विषयमा क्यान्टिन ।

        उनी क्यान्टिन आउन कुनै विषयको सर गएल हुन पर्थ्यो कि त । नत्र उनिहरु जान्थेनन । तर मलाई उनिसङ परिचय गरगराउ दुइटा कुरा हुन पर्थ्यो । किन सर गयल अनि रिदम सङै । तर यो दुइटै हुने आसमा म हुनहुन्थे । रिदमलाई मैले कति पटक भेटाईदेन भने । तर उसको आफ्नै सुर । पख्न कति आत्तिन्छ भनेर । टारिदिन्थ्यो । 

        राघब, सन्तोष अनि बिराट आज चाडै आएछ्न । म बाटो मै हुदा फोन गरे । मैले रिदमलाई कल गरे । त्यो पनि आउदै रहेछ । म कलेजको क्यान्टिनमा जाँदै थिए । रिदम नि आयो । राघबले चिया मगायो । अनि चुरोट पनि । हामी चिया खादै गफ गर्दै बसेउ । राघब पर्सि बाट सुरु हुने स्वस्थानीको कुरा गर्दै थियो । साँखु जाने प्लान बन्यो । बिहिबार कलेज सकेर जानी कुरा भयो । सबै साथिलाई खबर गर्ने जिम्मा मलाई दिइयो । हामी गफ गर्दै थियौ । मैले राधालाई क्यन्टिनकी झ्यालबाट देखे । पक्कै क्यान्टिन आउदैछ्न । मन यति रमाएन । वर्णन गर्न सक्दिन । आज मलाई केही कुरा अघि बढ्छ झै । लागेको थियो । भित्रै बाट । रिदम पनि सङै थियो । राधा र उनको साथी ढोका छेउको टेबलमा बसे । मैले त्यो कुरा रिदमलाई देखाए । रिदमले खिस्स हास्यो । पख एक्छिन । तलाई आज चिनाईदिन्छु । भएन रुरुरु मैले टाउको हल्लाए । राघबले पनि थाहा पाएछ क्यारे । ए उहीँ हो राधा । ल यार राम्री रछिन । म फिस्स हासे । अरु साथिहरुनी आँखा तन्काएर हेर्दौ थिए ।

        ल हिड रिदमले भयो । जाने र मैले भने । ए जान्नस तरुरुरु होइन जाने यार मैले भने । तर मेरो धड्कन बेजोडले धड्किएको महशुस हुँदै थियो । जाने त भने । गएर के भन्ने के कुरा गर्ने । मलाई झन ठूलो पिर पर्यो । यति कुरा खेलाउदै गर्दा हामी राधाको अघि पुगिसकेका थियौ । के छ राधा रिदम बोल्यो । ठिक छ ए तपाईं पो राधाले फर्काइन । यो ठाउँ खाली त हो नि है रिदमले सोध्यो । हो खाली नै हो बस्नु न राधाले भनिन । म र रिदम अगाडी बस्यौ । चिया मगाको हो नि । अ हामिले त मगाएम । तपाईंहरु नि खाने भए मगाउनुस न राधाले भनिन । रिदमले गुरुङ भाईलाई इसारा गर्यो । म ट्वाल्ल परेर बसेको थिए । कति खेर यसले मेरो कुरा गर्छ भनेर । उनिहरु आफ्नै कुरा गर्दै थिए । मलाई एक किसिमले रमाईलो पनि लागि रहेको थियो । रमाईलो के मानेमा भने । म जसको दर्शन पाउन कक्षाकोठा धाउथे । उनी मेरो समिपमा छिन । आहा मेरि राधा । जति टाढाबाट देखेको थिए । नजिकबाट पनि अति सुन्दर देखे । मन प्रफुल्लित थियो । साएदै मेरो जिवनको खुसिको क्षणहरु मध्य यो पनि एक हो । प्यारो समय जसलाई म कहिले भुल्न सक्दिन ।उस्ले बोलेका कुरा उसको हाउभाउ म नजानिदो किसिमले नियाल्दै थिए । मेरो नजर मेरो मोबाईलमा भए नि घरी घरी छ्ड्के तरिकाले आँखा उनितिर जान्थ्यो । कति रमाईलो महसुस गर्दै थिए । सायद म त्यो बेला सन्सारकै भाग्यमानी सम्झेको थिए । आफ्नो मन परेको मान्छेको अगाडी । साएद एक मिटरको दुरि थियो । मलाई उसले ख्याल गरे झै लागेको थिएन । तर मलाई त्यस कुराको बिल्कुलै फिक्री थिएन । 

        ए मैले त बिर्सेछु यो मेरो साथी आधार । मैले हत्तन पत्त हेल्लो भने । आधार उनी राधा । रिदमले चिनायो । हामिले एक अर्का लाई हेरेर मुस्कुरायौ । आहा कति रमाईको क्षण थियो त्यो । उनले मलाई हेरेर मुस्कुराएको । अब त ठुलै पर्लय आएर मलाइ मारे पनि मलाई केइ प्रवाह छैन । आफुले मन पराको मान्छेले आफुलाइ हेरेर मुस्कुराउदा पनि सन्सारै जिते जस्तो अनुभव हुदो रहेछ । आहा कति राम्रो हासो हेरिरहु जस्तो । जिन्दगीमा अझै मलाई कसैले तेरो खुसिको पल बता भन्यो भने । म यहि हो भन्छु । किन कि यो भन्दा खुसिको बेला मलाई कुनै याद छैन । जब मान्छे केही चाहन्छ नि । उसलाई पाउन भन्दा नि नजिक पुग्नु पहिलो विशेष लाग्दो रहेछ । जुन मलाई अहिले लागि रहेछ ।

        एकछिन है भनेर रिदम निस्क्यो । मैले कता भनी सोधे । तिमिहरु गफ गर म आईहाले भनेर मलाई छोडेर गयो रिदम ।

        मलाई कति धेरै कुरा गर्नु थियो राधा सङ । अह एक शब्द पनि निस्कन सकिरहेका थिएनन । म के बोलु भनी सोच्दै थिए । उनी पनि आफ्नो साथी शीत चिया खादै गफ गर्दै थिएन । मैले सोधे तपाईं कुन बर्ष ? प्रथम उनले भनिन । ए मैले भने । आज क्लास लिनु भएन ? मैले सोधे नाई आज सर आउनु हुन्न रे त्यही भएर । उनले भनिन । म भित्र भित्रै एक्दमै खुसी थिए । उनिसङ बोल्न पाएर

        हामी जान्छौं ल ? राधाले भनिन । मैले हुन्छ फेरि कुरा गरौला भने । उनिहरु निस्किए । म खुसिले गदगद थिए । आज मेरो कति दिन देखिको चाहना पूरा भएको छ । कति अघि देखि बोल्न तड्पेको म । आज सार्है खुसी लागेर आयो । मैले त्यो दिनमा क्यान्टिनमा सबै पैसा तिरी दिए । मलाई त्यस कुराको केइ गुनासो थिएन । बस मनमा राधाको अनुहार अनि मलाई हेरेर मुस्कुराको मात्रै झल्को आईरह्यो । 

        यस्तै गरि हाम्रो दिनहरु चल्दै थियो । हामी मौका छोपेर क्यान्टिन जान्थेउ । मेरा साथीहरु पनि मलाई साथ दिरहेका थिए । यस्तै गरि म राधाको नजिक हुँदै थिए । अब त म राधालाई जाउ चिया खान पनि आफै भन्न सक्ने भैसकेको थिए । उनी पनि मैले गरेको प्रस्ताब नकार्थिनन । मलाई त्यो साथ एकदमै प्यारो लागेको थियो । मनिसको सम्बन्ध जति नजिक भयो उति नै गाढा हुने कुराको पनि म महसुस गर्न थालेको थियो । अब मलाई एकै कुराको चिन्ता थियो । राधालाई प्रेम प्रस्ताव राख्ने । तर म जसरी सोचिरहेको थिए । त्यो बिल्कुलै गारो कुरा थियो । मलाई कता कता डर पनि यो कुराको थियो कि । जति अहिले नजिक थियौ । के मेरो प्रेम प्रस्ताब स्वीकार यदि भएन भने पनि सम्बन्ध यस्तै होला त ??? हो यहि डरले मेरो मनमा डेरा जमाउन थालेको थियो । 

        मलाई यस कुरामा सहयोग गर्न कसैले सकेको थिएन । म यो कुरा साथीहरुलाई सुनाउदा उनिहरु भन्थे । यो कुरा बेलैमा राख । के थाहा पछि ढिला भए पछुताउनुको बिकल्प केही हुने छैन । मलाई पनि हो जस्तो लाग्यो । तर हो लागेर के गर्ने । कसरी कुरा राख्न सक्नु । मैले त्यति आट बटुलिसकेको थिएन । यस्तै गरि दिन बित्दै गए । यति खेर सम्म त हामिले एकाअर्काको फोन नम्बर साटासाट गरिसकेका थियौ । म बेला बेलामा फोन गर्थे । अनि कुराकानी गर्थ्यौ । कैले काहिको फोन कल अब दैनिक जस्तो हुन थालिसकेको थियो । मैले जे सुकै होस अब प्रस्ताब राख्ने निर्णय गरे । बस उत्तम क्षणको प्रतीक्षामा थिए । एक साझ मैले उनिलाई फोन गरे । धेरै अघि देखि तिमिलाई एउटा कुरा भन्नू थियो । के कुरा राधाले सोधिन । मैले कुरा त भनी हाले । के भनु के झै भो । भन्नू न के भन्न खोज्नु भाको थियो । मैले फ्याटै सोधिहाले । तिमिलाई अहिले सम्म कसैले प्रेम प्रस्ताब राखेको छन । अ थिए ९ मा पढ्दा एउटाले राखेको थियो । मैले तेस्को गालामै बजाईदिए । आम्मै गालामै मैले सोधे । अ गगालामै उनले भनिन । किन त मैले सोधे । मलाई यो मन पर्थेन । मलाई त्यसको साथिहरुले पनि जिस्क्याई राखेका हुन्थे । सायद त्यही भएर होला त्यो पनि ज्यदै नै हौसिएको थियो । एकदिन मलाई लेटर ल्याएर आई लभ यु भन्यो । मेरो पनि पैले देखिको रिस अनि गालामा हान्दे अनि त्यो लेटर नेपाली पढाउने सरलाई दिए उनले भनिन । तिमिलाई कैले देखिको रिस नि मैले भने । हो नि जहिले पनि त्यस्का साथिले मलाई जिस्क्यौने । मौका परेको थियो हान्दे । ओहो तिमी त खतरा पो रैछौ त । मैले भने । हो त किन अरुलाई डिस्टर्ब गर्नु त । तर थाहा छ हजुरलाई मलाई कस्तो पछुतो लागेको थियो नि किन हिर्काको होला भनेर । किन र मैले सोधे । पछि सरले पनि दनक दिनु भएछ । तँ पढ्न आको कि लब गर्न आको भनेर । पछि त कस्तो माया लाग्यो नि । होर माया लाग्यो मैले सोधे । अ त तर तेस्तो माया होइन के दयावाला माया उनले भनिन । हामी हास्यौ एकछिन । तपाईलाई थाहा छ त्यसदिन देखि त कोहि केटा मेरो अगाडि पर्न डराउथे नि । तेस्तो काण्ड मच्चाको रैछौ नि त अनि को पर्छ अगाडि मैले भने । अझै नि कोहिले तेस्तो प्रस्ताव राख्यो भने के गर्छौ नि मैले भने । खै के गर्छु त्यही बेला थाह होला तिनले भनिन ।

        मैले भने भनी नि । ह्या, नजिस्क्याउनुन उनले भनिन । साच्चै राधा मैले जिस्केको होइन । म तिमिलाई धेरै माया गर्छु । जुन दिन देखि मैले तिमीलाई देखे नि हो त्यही दिन देखि मैले तिमिलाई मन पराए । म तिमी नजिक हुन कत्ती प्रयास गरे कति तिमिलाई हेर्ने बहानाम तिम्रो वरिपरि डुल्थे । कति पटक तिमी सित बोल्ने प्रयास गरे । तर सकिरहेको थिइन । तिमिलाई म धेरै माया गर्छु । थाहा छैन यति उति भन्ने तर यति चाहिँ थाहा छ । मैले मेरो जिन्दगी भर को लागि तिमिलाई रोजेको छु राधा । साच्चै । मैले हरेक पल तिमिलाई सम्झेको छु । मलाई थाहा छैन तिमी मलाई कुन रुपले हेर्छौ । तर मैले तिमिलाई जीवन भरी साथ दिने उद्धेश्यले हेरेको छु । प्लिज, मलाई बुझ्ने प्रयास गर । मैले मेरो मनमा लागेको सबै कुरा सुनाए । तर उता बाट केही आवाज आएन । 

राधा । राधा । राधा । हेल्लो हेल्लो । केही त बोल राधा । मेरो लागि के छ तिम्रो मनमा प्लिज भनीदेउ । राधा केही बोलिनन । पछि कुरा गर्छु भनेर फोन काटिदिईन राधाले ।

        मलाई अब गारो भो किन ब्यार्थै भनेछु भनेर । उनले केही नभनी फोन राखी अनि कलेज पनि आईनन । त्यस  दिन देखि ४, ५ दिन सम्म मैले उनिलाई फोन गरे । अह उनले उठैइनन । कहिले स्विच अफ भन्थ्यो । मलाई मैले गरेको कुराले आफैलाई पोल्न थाल्यो । किन गरेछु । किन हतार गरेछु भन्ने । साथीमै पनि त म रमाएको थिए । हुदाखादाको सम्बन्ध किन बिगार्या होला मैले । मनमा ठूलो पहिरो गएको थियो । उसको साथिलाई पनि भेटेर सोधेको थिए । किन राधा कलेज आईनन भनेर । उसको साथिले सुनाईन उनको आमालाई सन्चो छैन त्यही भएर कलेज नआकि अरे । मन केही सन्च भयो । मेरो कुराले त होइन रैछ भनेर । तर अर्को कुरा मनमा आयो के भएको रैछ त राधाको आमालाई ???

        करिब हप्ता दिन पछि उनलाई कलेजमा देखे । मैले पैली देखेकी भन्दा निकै फरक । अलि गार्हो भए जस्तो, पिर परे जस्तो । मैले नजिक गएर उनीसङ बोल्ने प्रयास गरे । मैले गरेका कुराले तिमिलाई असजिलो बनाएको छ भने मलाई माफ गर । मेरो मनसाय तिमिलाई अप्ठेरोमा पार्ने थिएन । उनले मलाई हेर्दै भनिन हजुरलाई म पछि भन्छु । हजुरले सोचेका कुरा गलत छन । मैले तेस्तो केही सोचेको छैन । समय परिस्थितिले त्यस्तो भएको हो । आज कलेज छुट्टी भएपछी भेटम न उनले भनिन । मैले नि हुन्छ भनेर छट्टिए । मैले कलेज छुट्टी भएपछी उनलाई कुरे । उनी आइन । हामी कलेजबाट बाहिर लाग्यौ । यो मेरो पहिलो पटक थियो उनिसङ बाहिर कतै निस्केको । मैले बिहान भएको कुरा कोट्याए । मैले हजुरले भनेको कुराले होइन ममि एक्कासी बिरामी हुनुभएको कुरा बताइन । ममिलाई एकाएक पेट दुखेकाले अस्पताल लान परेको र छिट्टै अपरेसन गर्नु पर्ने कुरा धेरै चिन्तित रहेको कुरा बताईन । धन्न समयमै अस्पताल लगेकाले ममिलाई बचाउन सजिलो भयो । हप्ता दिन पछि मात्र घर ल्याएको र म सित सम्पर्क हुन सकेन भनिन । अहिले ममिलाई सुधार हुँदै गएको छ । अनि मैले भनेका कुरा के सम्झु त रु त्यो कुरा मैले सोचेको छैन । मैले हजुरलाई नजिकैको साथिको रुपमा हेरेको छु । मेरो नजिकको केटा साथी पनि हजुर मात्रै हो । मलाई हजुरले प्रस्ताव गरिरहदा म के भनु भन्ने सोच्न सकेकी थिएन । फेरि ममिलाई पनि बिरामले च्याप्यो । एउटा कुरा, मैले हजुरलाई यो समयमा धेरै सम्झेकी थिए । तर चाहेर पनि सम्पर्कमा रहन ससकिन । घरमा आमा बिरामी हुनु भएको कारण उनी घर लगिन हामी छुट्टियौ । उनले मुखले नभने पनि मौन रहेर मेरो प्रेम प्रस्ताव स्विकार गरेकि थिएन ।

        त्यसपछी हाम्रो सम्पर्क झन बढेको थियो । उनी मलाइ हरबखत फोन गर्थिन । बिस्तारै ममि पनि सन्चो हुँदै जानुभो अनि हाम्रो भेटघाट पनि लामो हुँदै गयो । कलेज पछिको छुट्टिमा म उनिलाई पुर्याउन जान्थे । यसबिच हाम्रा धेरै कुरा हुन्थे । बिदाका दिनमा पनि हामी समय मिलाएर भेटघाट हुन्थ्यो । कहिले गोदावरी त कहिले सदर चिडियाखाना जान्थेउ । भेट हुदा उनले आफ्नै हातले बनाएका परिकार लिएर आउथिन । हरेक भेटमा मैले उसले बनाएको परिकार खाएको छु । मनका कुरा धित मरुन्जेल कुराकानी हुन्थ्यो । हामी कुरामा यति लिन हुन्थ्यौ कि कुरा सङै हामी जिबनका योजनाका कुरा गर्थ्यौ । उनले मलाई मेरा बिग्रेका साथिहरु बाट टाढा रहन सुझाउथिन । म पनि हुन्छ भन्थे । उनले मलाई एकदिन चुरोट खाएको फेला परिन । त्यो दिन उनी झन धेरै रिसाईन । मैले फकाउने धेरै कोसिस गरेपछी मात्र उनी मानेकी थिएन । मैले यो सबै उनलाई मनाउन मात्रै भनेको थिए । उनले पछि पनि पक्डेपछी हजुरलाई मैले भनेको भन्दा साथिहरुकै साथ प्यारो रैछ । जे चाहनु हुन्छ त्यही गर्नु भन्न थालिन । मैले पनि बिस्तारै यी सबै छोड्छु भनी भरोसा दिलाउन थालेपनी मैले छोड्न सकेको थिएन । ?दचश्र हामी बिच धेरै कुराहरु हुन्थे । घरका कुरा देखि आफन्तका कुरा अनि भविश्यका कुरा । उनले मेरो जिवनमा प्रभाब पारेका धेरै कुरा सम्झन्छु म । साना तिना कुराहरुबाट पनि रमाउन सिकाएकी थिएन । उनी जहिले पनि जे कुरामा पनि सकारात्मक हुन सल्लाह दिन्थिन । उनी सधै मेरो सामु रमाउथिन अनि भन्थिन मेरो सबै भन्दा खुसिको क्षण हजुर सामु भएको बेला हो भन्थिन । जीवन मैले हजुर बिना कल्पना गर्न सकेको छैन भन्थी । मैले पनि हामी सधै सङै त हुन्छौ नि किन यस्तो कुरा गरेकी । मैले पनि त तिमिलाई मेरो मन मन्दिरमा सजाएको छु । हरदम तिमिलाई पाउने चाहना राखेको छु । तिमी नै हौ जसलाई म यति धेरै माया गर्छु । तिमी बाहेक अरुलाई मेरो जिबनमा ल्याउन पनि सक्दिन । मैले यो कुरा सुनाउदा उनको आँखा रसाएको अनि मन भक्कानिएको आभास हुन्थ्यो । साच्चै मायामा यस्तो पनि हुन्छ भन्ने अनुभव मलाई यहि बेला भएको हो । जस्तो पनि अवस्थामा नछुट्टिने कसम खाएको अनि एकअर्कालाई माया गर्ने वचन दिएको । मायामा मानिस कति भावुक अनि सपना बुन्दा रहेछन ।

समय सधैं एकैनाशको हुदो रहेनछ । एकाएक उनको घरमा बिहे गरिदिने प्रस्ताब आयो । यो कुन उनले मलाई बताईन । मैले यो प्रस्ताबलाई तिमी नमान । केही समयको लागि पछाडी सार्न सुझाउथे । किन कि मैले मेरो जिबनको सुरुवात गरिसकेको थिएन । मेरो काम पढाई भन्दा अरु केही इलम थिएन । म मेरो खुट्टामा उभिसकेको अवस्था थिएन । मैले आफ्नो ब्यवस्था नगरी उनलाई अपनाउन सक्दिनथे । साच्चै के गरेर जिवन चल्थ्यो र । न कसैको के इलम न केइ । जति हामी कुरा गर्थेउ त्यो भन्दा बढी ब्याबहरिकताले जित्दो रहेछ । उनले ती कुरा मेरा सामु राखेपछी म मा निकै तनाब बढेको थियो । मेरो पढाई अनि मेरो क्यारियर मलाई ढिलो भैरहेको भान भयो । मैले जति हतार गरेपनी मेरो बसमा नभएपछी मन धेरै अत्तालिदो रहेछ । एक उनलाई गुमाउन सक्ने चिन्ता अनि आफ्नो क्यारियर बनाउने चिन्ताले मलाई धेरै गार्हो बनाउदै लग्यो । मैले उनलाई घरबाट आएको प्रस्ताबलाई अहिले केही भनेर टारिदिन भनेको थिए । उनी पनि केही बाहाना गरेर टारिरहेकि थिइन । उनलाई भन्दा बढी तनाब मलाई थियो । एक पढाइ सक्ने दोस्रो जगिर खाने । दुबै तत्कालै हुन सक्थेन । समय लाग्थ्यो । त्यो समय काट्न ढिला भैरहेको थियो । मैले धेरै प्रयास गरे केही काम गर्ने । पढाई नसकिएको कारणले मेरो यो प्रयास सफल हुन सकिरहेको थिएन । मैले बुझेको छु यो अवधिमा राधाले उसको परिवारमा झेलेका बाधा अनि अप्ठेरोलाई । मैले चाहेर पनि यो कुरा घरमा राख्न सक्दिनथे । के कुरालाई आधार बनाएर राधाको हात माग्नको लागि मेरा परिवारलाई भनु । निस्तेज हुने थियो मेरो प्रयास । हो मलाई अझै लाग्छ, मैले यो कुरा मेरो परिवरमा किन राख्न सकिन । केवल राधालाई आश्वासन दिदै गए । मैले भगाएर लान सक्ने आट गर्न सकसकिन अनि सिधै माग्न जान सक्ने आधार पाउने सकिन । धेरै दुखी थिए यो कुरालाई मनन गर्न सकिन । ?दचश्र यस्तै कुराले मलाई गार्हो बनाईरहेको थियो झन अर्को कुराले अवाक बनायो । राधाको चिना । ज्योतिषले उसको बिहेको लगन यहि बर्ष नत्र ड बर्षपछि मात्र भएको कुरा सुनाएछ । उसको घरमा पनि ठुलो तनाव पर्यो । जसरी पनि यो बर्ष राधाको बिहे गगरिदिने । घरमा बेजोडले केटा खोज्ने काम भयो । घरमा भएको कुरा मलाई सुनाउथिन अनि । घन्टौ रुन्थिन । मैले चाहेर पनि केही गर्न सकिन । रुदारुदै म हजुरको भैइन भने कसैको पनि हुन भन्थिन। हुन पर्यो भने मरिदिन्छु भन्थिन । मैले धेरै सम्झाउने कोसिस गर्थे तर उनी आफ्नो अडान छोड्थिनन । पहिलेदेखी नै दुखी म यो कुराले मलाई झन दुखि बनायो ।

        जिबनमा जसलाई आफू भन्दा धेरै माया गर्थे ।सधै सङै हुने सपना देख्थे । आज एकाएक विभिन्न परिबन्धले घेरिदा मुटु भरिएर आउथ्यो । रुन आउथ्यो । निकै गार्हो हुन्थ्यो । कसरी बुझाउन सक्ने यो मनलाई । केही गरि मनाउन सक्ने बाटो थिएन । मैले कि मेरो हित सोच्न पर्थ्यो कि त राधाको । मैले राधालाई कहिले कुभलो चिताईन । सधै उसैको भलो चाहे । साचो माया जो गरेको थिए । माया के हो उसैबाट जानेको थिए । खुसी के हो उसैले सिकाएकी थिइन । साना तिना कुराले कत्ती खुसी मिल्छ उनैले सिकाएकी थिइन । तर आज म कठोर हुन खोज्दैछु । तर मनलाई कसरी तयार गरु सोच्न सकेको थिइन । मनले नमाने पनि मैले दिमागलाई दवाब दिने निर्णय गरे । राधा म तिमिलाई अङाल्न सक्दिन । म तिम्रो लाएक छैन । तिम्रा परिवारले जे भन्छन त्यही गर । मेरो मुखबाट निस्क्यो । मैले यो कुरा नसकदै राधाको मुहार कालोनिलो भैइसकेको थियो । सायद मैले यो भन्ला भनी कल्पना समेत गरेको थिन । हजुरको यहि हो त अबको निर्णय ??? हो मैले भने । ठिक छ यदि यहि हो बने अब मेरो लागि हजुर मर्नु भो अनि म हजुरको लागि ।अब मलाई कहिल्यै भेट्ने कोसिस नगर्नु अनि म पनि गर्दिन । यति भन्दै उसले आफ्नो मोबाइल भुईमा बेस्सरी बजारिन अनि बाटो लागिन । मैले केही सोच्न सकिन । एक्कासी चारैतिर कालो भयो । 

        कता हराउनुभयो ??? मैले सोधेको प्रश्नको जवाफ दिनु भएन नि ? हजुर, के सोधेकी थियौ रे ? मैले सोधे । त्यही बिहे गर्नु भयो कि नाइ ??? छैन गरेको । मैले भने । मलाई कतै जान हतार छ है म जान्छु है राधा । बाई बाबू । म छुट्टिदै गर्दा मनमा आयो मेरो ३ दिन पछि विहे पो छ ।

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६