अन्तर्राष्ट्रिय

लकडाउन खुकुलो भारतमा कोरोनाबाट संक्रमित २६ हजार नाघे



एजेन्सी, १४ बैशाख । भारतमा लकडाउनमा केही खुकुलो पारिएको छ । यद्दपी कोभिड–१९ को संक्रमणको हटस्पट क्षेत्रमा भने उक्त सहजता लागू नहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। भारतले करिब एक महिनाको ‘लकडाउन’पछि साना पसलहरु खोल्ने अनुमति दिएको छ । शहरभित्रको प्रमुख बजार क्षेत्रको पसल खोल्ने अनुमति भने दिइएको छैन् ।

            कोरोनाभाइरस संक्रमणको महामारीले भारत मार्च २५ यता पूर्ण ‘लकडाउन’ गरिएको  थियो । भारतको गृह मन्त्रालयले साबधानी एवम् सतर्कताका उपायहरु अबलम्बन गरेर ग्रामीणसँगै शहरी क्षेत्रका गैर अत्यावशकीय पसलहरु खोल्ने अनुमति दिएको हो । गृहमन्त्रालयले आर्थिक गतिविधि बिस्तारै बढाउने नीति बमोजिम पसलहरु सञ्चालन गर्ने अनुमति दिएको बीबीसीले जनाएको छ । मन्त्रालयले पसलमा कार्यरत पचास प्रतिशत श्रमिक मात्रै काममा फर्किने र कार्यरत श्रमिकले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी राख्नु पर्ने सर्त राखेको छ । भारतमा ‘लकडाउन’को क्रममा आन्तरिक तथा अन्तर्रा्िष्ट्रय यात्रा, उद्योग, विद्यालय, कार्यालय र पसल पूर्णरुपमा बन्द गरिएको छ ।

        भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या २६ हजार नाघेको छ । समाचार तयार पार्दासम्म वल्डोमिटरको तत्याङ्क अनुसार भारतमा २६ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । भारमा मृत्यु हुनेको संख्या ८ सय २५ रहेको छ । त्यस्तै ५ हजार ९ सय ३९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।        

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६