अर्थ-वाणिज्य

लकडाउन र बेमौषमी वर्षाले इँटा उद्योगमा करोडौको क्षति



कपिलवस्तु, १४ बैशाख । वेमौषमी वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा रु एक करोडभन्दा बढीको  क्षति भएको छ ।  भट्टीमा पोल्ने तयारी अवस्थामा रहेका २०–३० लाख काँचो इँटा बिग्रिएको त्रिशक्ति इँटा उद्योगका इञ्चार्ज हेम उचईले जानकारी दिनुभयो । इँटा उद्योगमा लडकाउनका कारण श्रमिक काममा नभएकोले काँचा इटाहरु सुरक्षित राख्न नसकिएको र उत्पादित इँटा पनि करीब एक महिनादेखि बिक्री नहुँदा उद्योगी समस्यामा परेका छन् । सवारी साधन सञ्चालन हुन नसकेका कारण जिल्लाभर ७३ इँटा उद्योगमा बिक्री शून्य भएको उद्योगीले जनाएका छन् । 

         बुद्धभूमि नगरपालिका –८ स्थित सेभेन स्टार इँटा उद्योगमा करीब रु ३० लाख बढी क्षति भएको कपिलवस्तु इँटा उद्योग संघका महसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो । मजदूरलाई आफूले काँचो इँटाको प्रतिगोटाका आधारमा पैसा तिर्नुपर्ने बाध्यता भएकाले नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सापकोटाले गुनासो गर्नुभयो । उत्पादित इँटा बिक्री नभएको र  वित्तीय संस्थाबाट ल्याइएको कर्जा र व्याज तिर्नसमेत धौधौ भएको इँटा व्यवसायी डम्बर शर्माले बताउनुभयो  । 

        इँटामा निर्भर मजदूरलाई समेत यसको ठूलो मार परेको छ । भट्टामै इँटा बनाएर जीविका पार्जन गर्ने र आफ्नो कमाइले नौं जनाको परिवार पाल्दै आएका पिन्टु चौधरी  बन्दाबन्दीले आफूहरुलाई समस्यामा पारेको बताउनुहुन्छ  । नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष सफर अलि मियाँले भटटमा आश्रित मजदूरलाई रोजीरोटीको व्यवस्था गर्नसमेत मुश्किल पर्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नाफा र नोक्सानी  हेर्ने समय त होइन, कसरी आफू र मजदूरलाई बचाउने भन्ने सोचिरहेका छौँ ।’ काँचो इँटाको बीमा  नहुने र सरकारले उद्योगीलाई क्षतिपूर्तिसमेत नदिने गर्दा उद्योगीले घाटा व्यहोर्नुपरेको  मियाँको भनाइ छ ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६