लुम्बिनी

नेपाल स्वयंसेवक संघ रुपन्देहीद्वारा विद्यापिठका विद्यार्थीलाई खाद्यान्न सहयोग



रुपन्देही, १४ बैशाख । नेपाल स्वयंसेवक संघ रुपन्देहीद्वारा विद्यापिठका विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको बेलाा सेवा नै धर्म हो भन्ने हेतुले नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी रुपन्देही र प्रचारप्रसार समिती ५ न प्रदेशको संयुक्त योजनामा रुपन्देहिको कोटिहवामा स्थित श्री दुर्गा संस्कृत बेदबेदांग बिद्यापिठका करिब ४५ जना विद्यार्थिहरुलाइ खाद्यान्न सहयोग गरेको हो ।

            नेपाल स्वयंसेवक संघ सदैव सत्कर्मको बाटोमा लाग्नेछ जिल्ला कमिटी रुपन्देही जस्तो सुकै परिस्थितिमा पनि मानव सेवामा लाग्ने र मानवियताको उदाहरण दिने संस्थाकी अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो। त्यस्तै विद्या पिठका प्राचार्य भट्टराईले पनि यस्तो विषम परिस्थिति लाई बुझेर गरेको यो सहयोग को सदैव मुल्यांकन र संस्थाप्रति सधै साथ रहने जानकारी गराउनु भयो , जिल्ला कमीटि अध्यक्ष निता भन्डारी र कार्यक्रम संयोजक सुबास बेल्बासेको पहलमा सम्पन्न भएको थियो ।

        कार्यक्रममा जिल्ला कमिटि अध्यक्ष निता भन्डारी , प्रचारप्रसार समिती प्रदेश ५ को अध्यक्ष सुबास बेल्बासे ,पिठका प्राचार्य नारायण भट्टराई, शिक्षक गजल पान्डे , समाजसेवी आयुसाको उपस्थितमा अध्ययनरत बालबाकिलाइ रासन हस्तान्तरण गरिएको थियो । सहयोग पाएपछि तत्काल लकडाउन नखुलेपनी हामी भोक भोकै दिन कटाउन पर्ने छैन भनि बालबालिकामा खुसी भएका थिए ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६