कपिलवस्तु १४ बैशाख । ,कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा बसोवास गर्ने नागरिकहरु सिमामा अलपत्र परेको जानकारी पाएपछी नगरप्रमुख सुनौली पुग्नुभएको थियो ।नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी,वडा अध्यक्ष टेकलाल सापकोटा लगाएतको टोली नगरपालिका भित्र बसोवास गर्ने ४ जना नागरिहरु सुनौलीमा रहेको जानकारी पाएपछी उनीहरुलाई लिन त्यहाँ पुग्नुभएको हो ।शनिवार सुनौलीबाट शिवराज नगरपालिकाका ४ जना बुद्धभुमी नगरपालिका,कपिलवस्तु नगरपालिकाका केहि नागरिकलाई ल्याईएको नगप्रमुख अधिकारीले बताउनुभयो ।कोरोना भाइरसको सक्रमण देखिएपछी नेपाल भारत आवतजावतमा रोक लगाएका कारण नेपालीहरु प्रवेश गर्न पाएका थिएनन् । भारतको क्वारेन्टाइनमा रहेका नागरिकहरुको परिक्षण गरेर घर ल्याईने नगरप्रमुख अधिकारीले बताउनुभयो ।शिवराज नगरपालिका भित्रका नागरिहरुलाई कतै अलपत्र परेमा उनीहरुलाई उद्धार कार्यमा नगरपालिका निरन्तर लागिरहेको अधिकारीले बताउनुभयो ।‘वाहिर वाट आएका नागरिहरुलाई क्वारेन्टाइनमा राखेका छौ परिक्षण गरेर घर पठाउने गरेका छौ’ अधिकारीले भन्नुभयो ‘यस समयमा सवै सर्तक रहन आवश्यक छ ।’
१४ बैशाख २०७७, आइतबार
प्रतिक्रिया