लुम्बिनी

अलपत्र स्थानियलाई गृह जिल्ला फिर्ता ल्याउन नगरपिता अधिकारीको भुमिका



कपिलवस्तु १४ बैशाख । ,कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा बसोवास गर्ने नागरिकहरु सिमामा अलपत्र परेको जानकारी पाएपछी नगरप्रमुख सुनौली पुग्नुभएको थियो ।नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी,वडा अध्यक्ष टेकलाल सापकोटा लगाएतको टोली नगरपालिका भित्र बसोवास गर्ने ४ जना नागरिहरु सुनौलीमा रहेको जानकारी पाएपछी उनीहरुलाई लिन त्यहाँ पुग्नुभएको हो  ।शनिवार सुनौलीबाट शिवराज नगरपालिकाका ४ जना बुद्धभुमी नगरपालिका,कपिलवस्तु नगरपालिकाका केहि नागरिकलाई ल्याईएको नगप्रमुख अधिकारीले बताउनुभयो ।कोरोना भाइरसको सक्रमण देखिएपछी नेपाल भारत आवतजावतमा रोक लगाएका कारण नेपालीहरु प्रवेश गर्न पाएका थिएनन् । भारतको क्वारेन्टाइनमा रहेका नागरिकहरुको परिक्षण गरेर घर ल्याईने नगरप्रमुख अधिकारीले बताउनुभयो ।शिवराज नगरपालिका भित्रका नागरिहरुलाई कतै अलपत्र परेमा उनीहरुलाई उद्धार कार्यमा नगरपालिका निरन्तर लागिरहेको अधिकारीले बताउनुभयो ।‘वाहिर वाट आएका नागरिहरुलाई क्वारेन्टाइनमा राखेका छौ परिक्षण गरेर घर पठाउने गरेका छौ’ अधिकारीले भन्नुभयो ‘यस समयमा सवै सर्तक रहन आवश्यक छ ।’

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६