पर्यटन

बुद्ध सामुदायिक बनका पदाधिकारी कै अबैध धन्दा ,आदेश एकातिर कटान अर्कातिर ,स्थानीयले गरे अबैध काठ कब्जा



कपिलवस्तु १४ बैशाख विश्व कोरोना माहमारी सन्ग  लडीरहदा नेपाल पनि अछुतो रहेको छैन , नेपाल देश नै अहिले लकडाउन को अवस्था बाट गुज्रिरहेको बेला देशका विभिन्न निकायहरु अहिले स्थिर रहेका छन र त्यही स्थिरताको फाइदा उठाउदै बाणगङ्गा नगरपालिका १० बनकट्टि कपिलवस्तुमा अवस्थित बुद्ध सामुदायीक वनले  अवैद्यरुपमा साल प्रजातिका रुखहरु कटान गरेको छ । स्थानीय बासीका अनुसार कटानको आदेश भन्दा बाहिरा रहेका रुखहरु सामुदायीक वनका समिति र ठेकदारको मीलीभगतमा रुखहरु काटीएका हुन । 


        सामुदायीक वनले जम्मा ८७ वटा रुखहरु काटने आदेश पाएको थियो तर वनले थप ८ वटा रुखहरु काटेको छ  । थप काटिएका रुखहरुका  ठुटालाई आगो लगाई नष्ट गर्ने काम गरेको छ ।  रुखहरु काटीएको थाहा पाएपछि स्थानीयहरुको सकृयतामा गोलीयाहरु सामुदायीक बनकै घाट्गद्दि स्थलमा राखिएको  जानकारीमा आएको छ । स्थानीयको भनाई अनुसार अवैध कटानको जानकारी पाएपछि  ईलाका वन कर्यलय पटनामा जानकारी गरायौ तर त्यहा बाट कुनै सहयोग पाएनौ, त्यसपछि कही कतै बाट सहयोग नभएपछि डिभिजन वन कार्यलयका प्रमुख  इशवरी पौडेलसंग गुनासो राखेका होऔं स्थानीय राम समुझ थारुले भन्नु भयो । 

तर डिभिजन प्रमुखले अहिले तत्काल लकडाउन ले गर्दा केही गर्न नमिल्ने वताउदै कोरोनाको सन्त्रास खतम भएपछि सम्बन्धित जो कोही भएपनि कसुरार  ठहरे उचित कार्बाही गर्ने आश्वासन दिनुभएको थारुको भनाइछ ।त्यसैगरी पटक पटक ईलका वन कार्यलय पटना लाई गुनासो गर्दा पनि बेवास्था गरेको तर वन समितिले बोलाउँदा जहिलेपनि हाजिर हुने जस्ता क्रियाकलाप ले गर्दा वनका कर्मचारी पनि तस्करीमा संलग्न रहेको आरोप स्थानीय बेलास अग्रहरीले लगाएका छन् ।  वरामद गरिएको काठलाई  बुद्ध सामूदाइक बन कार्यालयमा बुझाइएको स्थानीयले  बताएका छन् ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कोभिड–१९ संक्रमणलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको मौकाछोपी अवैद्य रुपमा काठको चोरी निकासी भैरहेको अवस्थामा काठ बरामद भएको हो ।  

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६