अर्थ-वाणिज्य

प्रदेश ५ को लकडाउन डायरी: नेपालको तरकारी खेतमा कुहिदै ,दैनिक २० ट्रकबढी भारतीय हरिया तरकारी भित्रने क्रम जारी, राजमार्गक्षेत्रका नगरमा रोक सिमा क्षेत्रका पालिका मौन



कपिलवस्तु १५ बैशाख ।भारतमा कोरोनाको जोखिम दिन दिनै वढदा पनि भारतिय तरकारी र फलफुल नेपाल आयात हुने क्रम रोकीएको छैन । प्रदेश नम्वर ५ का सुनौली, सुठौली, कृष्णनगर र नेपालगन्जवाट अझै सम्म पनि दैनिक सरदर २० गाडी तरकारी र फलफूल भित्रिएको हो ।  भारतिय तरकारी सवै भन्दा वढी भित्रिने नाका सुनौली हो । अन्य नाकावाट छिटपुट मात्रामा तरकारी भित्रीएका छन् । 

        प्रदेश नं ५ हुदै भित्रीएका तरकारी मध्ये सवै भन्दा वढी आलु र प्याज रहेको छ । आलु र प्याजमा अहिले भारतिय उत्पादनको भरमा परेको छ । आलु र प्याज वाहेकका हरीया तरकारी पनि यी नाका हुदै नेपाल  आयात हुने गरेको छ । जवकी नेपालमा   उत्पादन भएका हरीया तरकारीले वजार पाउन नसक्दा कृषकहरु मारमा परेका छन ।  तरकारी विक्री नभएर कृषकलाई समस्या हुदा पनि भारतिय हरीया तरकारी निषेध गर्न  नसक्नु वा नखोज्नु आफैमा अनौठो मानिएको छ ।रुपन्देहीमा रहेको कृिष प्रयोगशाला बुटवलको विवरण अनुसार  भारतिय तरकारी आयात केहि घटेपनि अहिले सम्म आउने क्रम उल्लेख्य रुपमा रहेकोछ । ती तरकारी र फलफूल  विषाधी परीक्षणका लागी बुटवल स्थित प्रयोगशालामा आउने गरेको प्रमुख  उमा शंकर पाठकले वताउनु भयो । साविक लुम्विनीका भन्सार नाकावाट बैशाख २ देखि बैशाख ८ सम्मको आयात यस्तो छ । 

        बुटवल उपमहानगर पालिकाले बुटवल स्थित सब्जी मण्डीमा ल्याउन रोकेकोछ । तिलोत्तमा नगरपालिका रुपन्देही र बाणगंगा नगरपालिका कपिलवस्तुले भारतीय तरकारी आयातमा रोक लगाएकोछ । तर  सिमा जोडिएका शिद्धार्थ नगर नगरपालिका  भैरहवा , लुम्विनी साँस्कृतिक नगरपालिका,कपिलवस्तुका यशोधरा शुद्धोधन र मायादेवि गाउपालिका, कपिलवस्तु नगरपलिका, महाराजगंज र कृष्णनगर नगरपालिकाले खुलेयाम  हुने तरकारी आयातमा रोक लगाएका  छैनन् । त्यसो त प्रदेश ५ सरकार र संघिय सरकारले त आयात रोक्ने वारेमा कुनै धारणा पनि बनाएका छैनन् ।

        यता कृषि प्रयोगशाला बुटवलका उमा शंकर पाठकले  भन्नु भयो  हामीलाई कोरोना संक्रमणको जोखिम रहेको छ । विना सुरक्षा हामीले काम गर्नु परेको छ । हामी संग तरकारीमा विषाधी चेक गर्ने किट मात्र रहेको छ त्यो पनी केही दिनमा सकिन लागेको छ उहाले वताउनु भयो ।भैरहवा भन्सार कार्यलयका भन्सार अधिकृत पुर्ण प्रसाद लम्सालका अनुसार दैनिक २० देखि २५ ट्रकका  दरले हरीया तरकारी र फलफुल नेपाल आयात भई रहेका छन् । आलु र प्याज सहितजोड्दा  दैनिक सरदर ४० गाडी आयात भएको लम्सालले वताउनु भयो । लकडाउन हुनु अगाडी भन्दा यो संख्यामा धेरै गिरावट आएको छ । 

     भन्सार कार्यालय कृष्णनगरका प्रमुख विष्णु पौडेलका अनुसार ३ दिनवाट भारतिय  हरीया तरकारी आयात नभएको वताउनु हुन्छ । यता नेपालगंज हुदै भएको आयात छिटपुट मात्रामा भएको वताईएको छ । कृषकको दवावका कारण हरीयो तरकारी भित्रिन कमी आएको छ ।  कहिले काही आएको देखिन्छ  । नेपालकै उत्पादन खपत गर्ने स्थानिय तहको प्राथमिकता उच्च वन्दै दवाव पुगेमा भारतवाट आयात हुन छाड्ने नेपालगन्जका वरिष्ठ क्वारेन्टाईन अधिकृत खुमन वहादुर खत्रीले वताउनु भयो ।

        यता प्रदेश ५ कृषि भूमि तथा सहकारी मन्त्रालयका प्रबक्ता विनोद घिमिरेका अनुसार प्रदेश ५ सरकार एक्लैले भारतीय तरकारी आयातमा रोक लगाउन नसक्ने वताउनु भयो । भन्सार नाका हेर्ने काम संघिय सरकारको हो भन्दै प्रदेश सरकारले संघले नचाहदा सम्म केहि गर्न मिल्दैन उहाले भन्नु भयो । घिमिरेले सुनौली नाका हुदै आएको तरकारी राजधानी शहर देखि पोखरा सम्म पुग्ने भएकाले प्रदेश सरकारले अहिले सम्म त्यस्तो रोक लगाउने वारे कुनै निर्णय नगरेको प्रष्टयाउनु भयो ।     

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६