सुदूरपश्चिम

यस्तो छ प्रदेश सरकारको कोरोना रोकथाम संकट व्यवस्थापन कार्ययोजना



धनगढी, १५ बैशाख ।  सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना २०७७ पारित गरेको छ । प्रदेशका मुख्यमन्त्री एवं केन्द्रका संयोजक त्रिलोचन भट्टको अध्यक्षतामा शनिबार सम्पन्ने बैठकले पारित गरेको कार्ययोजना सम्बन्धित निकायमा पठाई त्यसको प्रगति प्रतिवेदन समेत मगाउने निर्णय गरिएको छ ।

            बैठकले बाहिरबाट प्रदेशमा प्रवेश गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सेवा निर्देशनालयले बनाएको मार्गदर्शन बमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, गड्डा चौकी र त्रिनगर भन्सार सीमा नाका हुँदै भित्रिने मालबाहक र प्रदेशभित्र चल्ने बस  र सवारी साधनमा नियमित रुपमा स्यानिटाइजको व्यवस्था मिलाउने, कोरोनाको परीक्षण प्रयोगशालामा देखिएको जनशक्तिको अभाव पूर्तिका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । 

       केन्द्रको बैठकले आगामी दिनमा सिर्जना हुन सक्ने खाद्यान्नको अभावलाई मध्यनजर गरी प्रदेशमा उत्पादन भएको खाद्यान्न निर्यात हुन नदिनका लागि पहल गर्ने निर्णय पनि गरेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दर पछिल्ला दिनमा स्थिर अवस्थामा छ । कोरोना सङ्क्रमित भएको पुष्टि भई सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना मध्ये चार जना निको भई डिस्चार्ज हुनुभएको छ ।उपचाररत एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो । (रासस)  

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६