लुम्बिनी

प्रदेश ५ मा भैरहवा, दाङ र नेपालगञ्जबाट पिसिआर परीक्षण तीव्र



बुटवल, १५ वैशाख । प्रदेश नं। ५ का तीन स्थानबाट कोरोनाको पीसीआर परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ । दाङको घोराहीमा पीसीआर मार्फत् कोरोना परीक्षण सुरु भएसँगै प्रदेशका तीनै स्थानबाट पीसीआर परीक्षण थालिएको हो ।प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार यसअघि रुपन्देहीको भैरहवा र बाँकेको नेपालगञ्जमा पीसीआर परीक्षण तीव्र पारिएको छ ।

            तीनै स्थानमा पीसीआर परीक्षण भएपनि परिक्षण निकै ढिला भएको गुनासो बढेको छ ।  प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार भैरहवामा अहिलेसम्म जम्मा १५७ वटा स्वाब मात्रै परीक्षण गरिएको छ भने बाँकेमा ४० जनाको परीक्षण भएको छ । त्यसैगरी प्रदेश ५ बाट १२६ वटा स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।दाङबाट समेत परीक्षण सुरु भएपछि अब प्रदेश ५ को कुनैपनि स्वाव परिक्षण काठमाण्डौं लैजानु नपर्ने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दाङमा बैशाख १ गतेदेखि नै सुरु गर्ने भनिएपनि मेसिन आउन ढिला हुँदा प्रयोगशाला स्थापनामा समय लागेको बताइएको छ । पीसीआरमा एकै पटकमा ८० जनासम्मको परीक्षण गर्न सकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई सहज हुने प्रदेश सरकारले जनाएको छ ।

            प्रदेश सरकारले प्रदेश ५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भए अनुसार घोराहीस्थित प्रतिष्ठानमा पीसीआर मेसिन राखिएको हो । यसअघि स्वाब परीक्षणका लागि भैरहवा या काठमाडौं लैजानुपर्ने बाध्यता थियो । हालसम्म्र प्रदेशमा ३ सय २३ वटा स्वाब परीक्षण भएको छ । प्रदेशका दाङ, बाँके र रुपन्देहीमा गरेर २ सय २० शैयाका ४ वटा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालित छन् । प्रदेशका विभिन्न जिल्लामा १२ हजार ८ सय ९९ शैया क्षमता भएका ४ सय ६९ वटा क्वारेण्टाइन रहेका छन् । 

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६