अन्तर्राष्ट्रिय

सिमा क्षेत्रमा नेपाल प्रहरी कुटिएकोमा स्थानीय प्रति भारतीय प्रहरी आक्रोसित , ५ जना पक्राउ, सेमरीका अधिकांस पुरुष फरार



कपिलवस्तु १६ बैशाख । भारतीय सिमा क्षेत्रमा लकडाउन कार्यान्वयनमा खटिएका नेपालका २ सुरक्षाकर्मी नियन्त्रणमा लिएर कुटपीट गर्ने ५ जना पक्राउ भारतीय प्रहरीले पक्राउ गरि हिरासतमा राखेकोछ । अरु केहिलाई खोजी कार्य जारीछ । भारतको सेमरी गाउका धेरै पुरुषहरु फरार भएका छन् । सिमा क्षेत्रमा नेपालका तर्फवाट शसस्त्र फोर्स खटाएर थप कडाई गरिएको छ । भरतीयले नियन्त्रणमा लिएर कुटपीट गरेपछि  सिमा क्षेत्रका प्रहरीमा उत्पन्न त्रास हटाउन शसस्त्र  प्रहरी  खटाइएको हो । नेपाली प्रहरी माथी कुटपिटमा संलग्नता भएका आरोपमा भारतीय प्रहरीले शोहरतगढ थाना खुनुवा चौकीको परसौना गाँउका गोरा मुसलमान, हरिषचन्द्र चौबे, पप्पु मुसलमान, र सब्बीर मुसलमान, शाहबुद्दिन मुसलमानलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको जानकारी  प्राप्त भएको छ ।

          यसै बिच भारतको सिद्धार्थनगर जिल्लाका अधिकारी सहितको टोलीले घटना भएको भारतिय सिमा क्षेत्रको निरिक्षण गरेको छ । कपिलवस्तुका प्रजिअ दिर्घ नारायण पौडेलको नेतृत्वको जिल्लाका सुरक्षा प्रमुखको टोलीले नेपाली प्रहरीलाई भारतिय नागरिकले नियन्त्रणमा लिएको स्थलको अवलोकन गरेर सुरक्षा प्रबन्धमा थप कडाई गर्न निर्देशन दिएको छ । सिमा सुरक्षार्थ खटिएका दुई प्रहरीलाई भारतिय नागरिकले नियन्त्रणमा लिई कुटपिट गरिएको घटनाले सिमा क्षेत्रको निगरानीमा खटिएका सुरक्षाकर्मीमा त्रासको अवस्था सिर्जना भएको थियो । 

      आईतबार राती नेपाल भारत सिमा जोडिएको कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ७ को सेमरी गाँउमा दुई प्रहरी भारतिय नागरिकबाट कुटिएका थिए । प्रहरी चौकी मर्यादपुरका दुई प्रहरीलाई भारतिय सिमावर्ति शोहरतगढ थाना खुनुवा चौकीको परसौना गाँउका ५० जनाको समुहमा भाला र लौरो बोकेर आएका भारतियले नियन्त्रणमा लिई कुटपिट गरेको प्रेसपाटीले तथ्य फेला पारेको छ । 

    प्रहरी हवल्दार बशिष्ठ यादव र प्रहरी जवान ईश्वर ज्ञवालीलाई भारतिय नागरिकले नेपाली भुभागमा पसि नियन्त्रणमा लिएर भारत लगेका थिए । सेमरी गाँउमा पुरानो झोपडी र नयाँ टेन्ट हाली बनाईएको अस्थाई पोष्टमा बसेर करिब डेढ किलोमिटर सिमा क्षेत्रको निगरानीमा सो टोली खटिदै आएको छ । सेमरी गाँउमा सिमा सुरक्षाका लागी शसस्त्र प्रहरीको शसस्त्र प्रहरी साहायक निरिक्षकको कमाण्डमा ७ जनाको टोली र नेपाल प्रहरी तर्फ प्रहरी हवल्दारको नेतृत्वमा ३ जनाको टोली खटिएको छ । नेपाल प्रहरीका हवल्दार यादव र जवान ज्ञवालीले खाना खाएर सिमास्तम्भ ५५७ र ५५६ को मध्य क्षेत्रमा गस्ती गरेका थिए ।

        उता शसस्त्र प्रहरीको एउटा टोली सेमरा गाँउ पश्चिमको नहर बाटो तर्फको निगरानीमा र अर्को टोली खाना खाने समयमा थियो । दिउसोको समयमा नेपाल प्रवेश गर्न खोजेका एक युवालाई नेपाल तर्फ खटिएको शसस्त्र प्रहरीले कुटेको भन्दै आक्रोशित भएका भारतिय नागरिक नजिकन थाले पछि आक्रोश बुझेर दुबै प्रहरी गस्ती गरेको स्थान भन्दा १ सय मिटर भित्र नेपाली भुभागमा फर्किएका थिए । तर नेपाल तर्फ छिरेका भारतीयले छिन भरमै दुवै प्रहरीलाई घेरा हालेर लाठीले प्रहार गर्दै घिच्चाएर भारत तर्फ लगे । सो बिचमा दुबै प्रहरीलाई मोबाईल र टर्च समेत प्रयोग गर्न दिईएन ।

        अपहरण शैलीमा भारत तर्फ करिब १ सय मिटर भित्र सम्म धक्का मुक्कि गर्दै लगे पछि टेन्टमा रहेको नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतिय सिमा सुरक्षा बल ९एसएसबी० को टोली परसौना पुग्यो । नेपाली प्रहरीलाई नियन्त्रणमा लिएर जाई लागेका भारतिय नागरिक एसएसबीको टोली आएपछि यता उता लागे पश्चात दुबै प्रहरी नेपाल फिर्ता आए । नेपाल फर्किएका दुबै प्रहरीलाई धक्का मुक्की र कुटपिट गरिए पनि ठुलो घाउचोट लागेन । “अचानक घटना घट्यो । यस्तो गर्लान भन्ने अनुमाननै लगाउन सकिएन ।” प्रहरी हवल्दार यादवले भन्नु भयो ।

        त्रसिद मुद्रामा देखिएकाले भन्नु भयो “भारतिय एसएसबी नआएको भए, घाईते बनाउने वा मार्ने के योजना थियो  होला “एसएसबी नआएको भए कुटेरै थला पार्छन वा सिद्धयाउछन कि भन्ने लागेको थियो ।” प्रहरी जवान ईश्वर ज्ञवालीले भन्नु भयो । भारतिय नागरिकको नियन्त्रणमा परेका दुबै प्रहरी सोमबार बिहान सञ्चारकर्मी अस्थाई पोष्टमा पुग्दा मानसिक रुपमा त्रसित देखिन्थे ।  हामी मानसिक त्रासमा छौ । ” एक सुरक्षाकर्मीले भन्नु भयो । सो क्षेत्रमा भारतबाट प्रवेश गर्न नपाएको आक्रोशमा आक्रमण गरिएकाले सुरक्षाकर्मी थपेर मात्रै सुरक्षा कडा बनाउन सक्ने अवस्था रहेको सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले बताए । 

        सीमाको सेमरा गाँउबाट नेपाल प्रवेश गर्न खोज्दा शसस्त्र प्रहरीले सामान्य बल प्रयोग गरेको झोकमा भारतबाट आएका केहि व्यक्तिको हुलले दुई प्रहरीलाई जबरजस्ती नियन्त्रणमा लिई पारी लगेर धक्का मुक्की गरेका बेला भारतिय एसएसबीको सहयोगमा उद्दार गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्सेर जबराले  प्रेसपाटीलाई जानकारी दिनु भयो । कोरोना भाईरसको संक्रमण न्युनिकरण गर्न सरकारले गरेको लकडाउनलाई सफल पार्न सिमामा खटिएका सुरक्षाकर्मीको घटनाका कारण भएको मानसिक त्रासले मनोबल गिर्न सक्ने भएकाले सो बिषयमा सहज भएको सुरक्षा अधिकारी बताउछन ।

         नेपाली सुरक्षाकर्मीको मनोबल गिर्न निदिन भारतिय समकक्षी सँग समन्वय गरि घटनामा संलग्नलाई कारवाहीका लागी पहल गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो । “सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन सो स्थानमा सुरक्षाकर्मी थप्नुका साथै घटनामा संलग्नलाई कारवाही गराउन आवश्यक पहल गरेका छौं।” प्रजिअ पौडेलले भन्नु भयो ।

प्रकाशित : १६ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६