विराटनगर १६ बैशाख । प्रदेश नं १ मा हालसम्म ५ हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण आरडिटी बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण पिसीआर विधिबाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।
१६ बैशाख २०७७, मंगलबार
प्रतिक्रिया