सुदूरपश्चिम

जुम्लीलाई बल्ल राहत बाढ्दै स्थानीय तह



सिंजा, १७ बैशाख । कोरोना रोकथामका लागि बन्दाबन्दीको अवधि लम्बिएपछि बल्ल यहाँका स्थानीय तहले ज्यालादारी र विपन्न वर्ग पहिचान गर्दै राहत वितरण गर्न थालेका छन् । हप्ता, महिना र तीन महिनासम्म खाना नपुग्ने घरपरिवारको पहिचान गरेर राहत वितरण गर्न थालिएको हो । यसअघि जिल्लामा राहत वितरण गरिएको थिएन । 

        यहाँका आठ स्थानीय तहले आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका छन् । चन्दननाथ नगरपालिका–९ श्रीढुस्काका ३७० जनाले राहत पाएका छन् । उद्योग वाणिज्य सङ्घ जुम्लाबाट १०, आर्ट अफ द नेपाल लिमिटेडबाट २० र चन्दननाथ नगरपालिकाले ३४० जनालाई राहत उपलब्ध गराएको हो । ती सामग्री नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपाने ९महत० बाट हस्तान्तरण गरिएको थियो । 

        अतिविपन्न, अपाङ्गता, असहाय, वृद्ध, बेरोजगार व्यक्तिलाई छनोट गरेर राहत वितरण गरिएको उहाँले बताउनुभयो । यसैबीच गुठिचौर गाउँपालिका–४ का ६१२ घरधुरीलाई मास्क, साबुन, चामल र नुन वितरण गरिएको छ । प्रत्येक नागरिकको घरदैलोमा पुगेर राहत वितरण गरिएको वडाध्यक्ष जगप्रसाद जैशीले जानकारी दिनुभयो । (रासस)

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६