सुदूरपश्चिम

भारतबाट नेपाल भित्रिनेका लागि स्यानिटाइजेसन टनेल स्थापना



कैलाली, १७ बैशाख । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कैलालीको त्रिनगर भन्सार नाकामा मङ्गलबार स्यानिटाइजेुन टनेलको स्थापना गरिएको छ । छिमेकी राष्ट्र भारतबाट नेपाल भित्रिने व्यक्तिलाई स्यानिटाइज गरेर भित्रिन दिने व्यवस्थाका लागि टनेलको स्थापना गरिएको बताइएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाइमा स्यानिटाइजेसन टनेलको स्थापना गरिएको हो ।

            त्यसैगरी केही दिनअघि मात्रै त्रिनगर भन्सार सीमानाकामा भारतबाट नेपाल भित्रिने मालवाहक सवारी र तिनका चालक, सहचालकलाई स्यानिटाइजर छर्किने व्यवस्था शुरु गरिएको छ । नेपाल इँटा उद्योग महासङ्घको पहलमा इँटा व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेशले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै भारतबाट आउने अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारी साधन, चालकलाई स्यानिटाइजर छर्किने व्यवस्था गरिएको नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय सदस्य दीप ऐरले जानकारी दिनुभयो । स्यानटाइजर छर्कनका लागि झण्डै रु एक लाख ५० हजार खर्च भएको बताइएको छ ।

            भारतका विभिन्न स्थानबाट प्रदेशका लागि अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूललगायतका वस्तु भित्रिइरहेका छन् । भारतका विभिन्न प्रान्त तथा ठूला शहरलगायतका स्थानमा कोराना भाइरसको सङ्क्रमण अझै बढिरहेकाले त्यहाँबाट नेपाल भित्रिने मालवाहक सवारी, चालकलगायतमा पूर्वसतर्कता अपनाउन जरुरी देखिएकाले स्यानिटाइजर छर्किने व्यवस्था गरिएको केन्द्रीय सदस्य ऐरको भनाइ छ ।

            स्यानिटाइजर छर्कनका लागि चाहिने आवश्यक औषधि भने धनगढी उपमहानगरपालिकाबाट उपलब्ध भएको बताइएको छ । यसैगरी नेपाल भित्रिने व्यक्तिको आरडिटी जाँचका लागि पनि छलफल भइरहेको उपमहानगरपालिकाका प्रमुख वडले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि दुवै देशको समन्वय आवश्यक भएकाले उपमहानगरपालिकाले मात्रै चाहेर एक्लैले गर्न सक्ने अवस्था छैन । (रासस)

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६