सुदूरपश्चिम

प्रयोगमा आएन पिसिआर मेसिन, किट अभाव



खलङ्गा, १८ बैशाख ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि आइपुगेको पिसिआर मेसिन जडान भइसके पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन । अस्पतालका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन । 

        किट नहुँदा पिसिआर मेसिन प्रयोगविहीन भएको प्रतिष्ठानले जनाएको छ । “सरकारसँग किट माग गरिएको छ, आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ, किट आउने वित्तिकै परीक्षण प्रारम्भ हुनेछ”, निर्देशक रावलले भन्नुभयो । पहिले पिसिआर मेसिन सरकारसँग माग गरिएको थियो तर सम्भव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा बोलपत्र आह्वान गरी चीनबाट पिसिआर मेसिन प्रतिष्ठानमा ल्याइपु¥याएको छ ।

निर्देशक रावलका अनुसार रिएजेन्ट र किट नहुँदा पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन । “किट बाहिर किन्न पनि मिल्छ तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन”, उहाँले भन्नुभयो, “सरकारले ल्याउन सक्ने भएकाले ५०० किट माग गरिएको छ । तत्काल दुइ÷तीन सय किट आए पनि परीक्षण कार्य अघि बढाउन सकिन्थ्यो ।” 

पिसिआर मेसिनबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । अहिले दुइ जना ल्यावका कर्मचारी सुर्खेतमा छन् । उनीहरु सुर्खेतको पिसिआर मेसिन चलाउन सिकिरहेका छन् । किट आउने वित्तिकै उनीहरु जुम्लामा आएर परीक्षण कार्य शुरु गरिने प्रतिष्ठानका निर्देशक रावतले बताउनुभयो ।  (रासस)

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६