लुम्बिनी

श्रम शक्तिको सम्मानको वातावरण बनाउन संकल्पित प्रदेश सरकार



बुटवल १९ बैशाख । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न दृढ संकल्पित रहेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै  श्रमिक वर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको र यो व्यावहारिक रुपमा कार्यान्वयन हुँदै तिनको हित र सम्मानमा स्थापित हुने अपेक्षा गरिएको बताउनुभएको छ  ।

      मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीका समयमा कोही  भोकै बस्नुपर्ने अवस्था सिर्जना नहोस् भनेर दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतका लागि आवश्यक प्रबन्ध मिलाइएको  जानकारी दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा भन्नुभएको छ, “श्रमशक्तिको विकासबाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न हार्दिक अपिल गर्दछु ।”

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६