अर्थ-वाणिज्य

परिश्रमी वडा अध्यक्ष : जनताको सेवासँगै तरकारी खेती किसानीमा



नवलपरासी, २० बैशाख । जोसिलो युवा जोस र समाज सेवासँगै आत्मनिर्भरताका लागि तरकारी खेती किसानी उहाँको रोजाइको क्षेत्र बनेको छ अहिले । ३७  वर्षीय कविराज आचार्य वडा अध्यक्षको हैसियतमा आम जनताको सेवासँगै तरकारी खेती समेत गर्दै आउनु भएको छ ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आचार्य कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको समयमा वडाभित्रका हरेक नागरिकको चुलो बाल्न र आम नागरिकका गुनासो सुन्दै त्यसको समाधानमा तल्लिन हुनुहुन्छ साथै समय निकालेर आफ्नै मिहिनेतले लह लह लहरिएका काँक्रा, घिरौँला, टमाटर लगायतका तरकारी टिप्दै रमाउन पनि भ्याउनु भएको छ ।  

        आचार्य भन्नुहुन्छ आत्मनिर्भर बन्न केही न केही गर्नैपर्छ वडावासीको जीवनस्तर उकास्नका लागि समय समयमा सीपमूलक तालिम विभिन्न विकास निर्माणका योजनाहरू सञ्चालन गर्नुभएको छ । आचार्य भन्नुहुन्छ अरूलाई यसो गर्नुस् उसो गर्नुस् भनेर भन्नुभन्दा पनि आफैँले काम गरेर देखाए अरूले बल्ल विश्वास गर्ने वातावरण बन्छ । मेरो स्वभाव बोलेरभन्दा काम गरेरै देखाउने खालको छ अहिले मैले तरकारी खेती सुरु गरेसँगै वडामा अरुले पनि विस्तारै यसमा रुचि देखाउन थालेको वडा अध्यक्ष बताउनुहुन्छ । 

        आफ्नो वडाका हरेक नागरिकलाई कुनै न कुनै प्रकारको कृषि कर्ममा जोडेर सबैको जीवनस्तर उकास्नका लागि आफू प्रयत्नशील रहेको आचार्यले बताउनुभयो । म जनताको प्रतिनिधि तथा सेवक हो, त्यसैले पनि मेरो पहिलो प्राथमिकता आफ्ना जनतालाई आत्मनिर्भर बनाउनु हो । म भाषण र बोलीमा भन्दा काममा खटिए मात्र परिणाम निस्कने कुरामा म विस्वास गरेर आफैँ तरकारी खेतीमा हुमिएको हुँ ।  बाझा खेत नराख्न र खनजोत गरी केही न केही उत्पादन लिन वडा अध्यक्षले आग्रह गर्नुभयो ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६