अन्तर्राष्ट्रिय

उत्तर कोरियाका शासक किम २० दिनपछि सार्वजनिक



एजेन्सी, २० बैशाख ।  विभिन्न अनेक अफवाहकाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन् । उनी जीवित नै नरहेको र मरिसकेको दावीसहितका समाचारहरु सार्वजनिक भइरहँदा किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले जनाएको छ ।

         किम एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा रिबन काटिरहेको तस्वीर रोयटर्सले सार्वजनिक गरेसँगै यस अघि आएका समाचारहरु गलत भएका छन् । समाचार एजेन्सी केसीएनएका अनुसार किमले उत्तर कोरियाका उच्च अधिकारी र आफ्नी वहिनी किम यो जोङको उपस्थितिमा रिबन काटेको तस्वीर सार्वजनिक भएको हो । १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका किम अप्रिल १५ को आफ्ना हजुरवुवाको जन्मोत्सव कार्यक्रममा समेत उपस्थित नभएपछि विभिन्न अफवाहहरु फैलिएका थिए ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६