ब्रेकिंग न्युज

झुलाघाटबाट उद्धार गरेर फर्किएका एक वृद्धको क्वारेन्टाईनमा जाने क्रममा मृत्यु



बैतडी २० बैशाख । बैतडीमा  ६७ बर्षिय एक बृद्धको क्वारेन्टाईनमा जाने क्रममा मृत्यु भएको छ। भारतिय नाका झुलाघाटबाट उद्धार गरेर फर्किएका पुर्चौडी नगरपालिका ६ मनकालिका जुने लुहारको शनिवार बिहान बाटोमा हिड्दा हिड्दै अचानक मृत्यु भएको हो।उपचारका लागि भारत गएका उनि लकडाउका कारण घर आउन नपाएपछि भारतको पिथौरागढमा क्वारेन्टाईनमा बसेका थिए। नेपाल सरकार र भारत सरकारको सहमति पछि उनि लगायत अन्य थुप्रै नेपालीलाई स्वदेश भित्र्याईरहको थियो। उनि यहि बैशाख १८ गते नेपाल भित्रिएका थिए।नेपाल भित्रिसकेपछि क्वारेन्टाईनमा बस्नको लागि जादै गर्दा अचानक बाटोमा उनको मृत्यु भएको हो। मृतकको थ्रोट स्वाब संकलन गरिएको छ। सकंलन गरिएको स्वाबलाई परिक्षण गछि कोरोना भए नभएको पुष्टी हुने छ । 

स्रोत : अनलाईन खवर

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६