सुदूरपश्चिम

बलात्कारको प्रयास आरोप मुद्धा मिलाउने भन्दै ५० हजार घुससहित वन अध्यक्ष पक्राउ



कैलाली २० वैशाख । कैलालीमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । गौरीगंगा नगरपालिकाकी(१६ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । १ वर्ष पहिले किशोरीको मागी विवाह भएको थियो  । दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुवै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो  ।

      १६ गते प्रहरीलाई उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियो,  कोरोनाको त्रासका कारण दुवैजनालाई परिवारको जिम्मा लगाइएको थियो । किशोरी र उनका माइती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्दा दिएपछि दुवै जनालाई पुन पक्राउ गरी जिल्ला ल्याइएको  उहाँले बताउनुभयो। उनीहरुको आइतबार म्याद थप गरिने बस्नेतले जानकारी दिनुभयो ।सोही मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्।जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई अख्तियारले ५० हजार घुससहित पक्राउ गरेको हो।उनले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मुद्दा मिलाइदिन्छु भनी  आरोपीसँग घुस माग्दै गर्दा पक्राउ गरिएको थियो 

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६